बेलायतकी रनवे मोडल अनिता हाल नेपालमै व्यस्त

860

जानू काम्बाङ्ग लिङ्गदेन
बेलायत ।
बेलायत र बेलायतको अक्सफोर्ड फेसन अफ द विक २०१६ को रनवे मोडल अनिता लिम्बु हाल नेपालमै व्यस्त छिन ।
उनि भर्खरै मन त नेपाली बोलको एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । म्युजिक भिडियो संग संगै, उनि राजधानीमा आयोजित बिभिन्न फेसन सोहरुमा पनि व्यस्त रहेकी छिन् । ब्रिटेनका टप डिजाइनर हेलेन उलम्स र करेन काउन्टरका साथ काम गरिसकेकी लिम्बूले केहि पछि, लगतै इंग्ल्यान्डमा साउथ एसिया र इथ्निक माइनोरिटी ग्रुरुपलाई सम्मान गर्ने एउटा अवार्ड कार्यक्रम ‘एमटिएम’ को कला र मनोरञ्जन विद्याका लागि पनि मनोनीत भएकी थिईन् । उक्त अवार्ड कार्यक्रम २०१६ डिसेम्बरमा ब्रिस्टोल बेलायतमा सम्पन्न भएको थियो । अहिलेको उनको कदमले उनि नेपाल र नेपालीलाई मात्र होइन नेपाली गित संगीत र संस्कारलाई पनि उतिकै माया गरेको देखिन्छ । लिम्बुको पुर्खौली गाउ ताप्लेजुङ्ग जिल्लाको तमोर खोला हो । उनि सन् २०१० देखि बेलायत बस्दै आएकी हुन् ।
मिस स्पार्कलिङ ब्युटी यूके २०१६ मा फस्ट रनरअप, मिस ट्यालेन्ट र मिस च्यारिटी अवार्ड जितेकी उनले बर्मिङहमको लोकल डिजाइनरहरूका लागि पनि रनवे मोडलिङ गरेकी थिइन् । अफ्रिकन गायकको एउटा म्युजिक भिडियोमा समेत उनको अभिनय रहेको छ । उनलाई धेरै चलचित्रमा अफर पनि आएको थियो तर व्यस्तताले गर्दा गर्न नसकेको र भबिस्यमा आफुलाई मन परेको रोल पाए गर्ने बिचारमा रहेकी छिन् ।
उनि एक राम्रो डान्सर र बेली डान्सर पनि हुन् उनले बेलायतका बिभिन्न ठाउहरुमा आयोजित कार्यक्रमहरुमा आफ्ना जादुमय कला प्रस्तुत गरेर सबैको मन जित्न सफल भएकी एक होनहार कलाकार हुन् । उनलाई भाग्यलेपनि सुन्दर शरिर दिएको छ । उनी जस्तै लाहुरे परिवारबाटै आएका हुन् मोडल माला लिम्बु, निशा पोमु, टप मोडल कला सुब्बा आदि पर्छन् । आशा गरौँ अरु मोडलहरु जस्तै यो क्षेत्रमा अनिता नि एउटा दरिलो ईटा थप्नेछिन् ।