नेविसंघका नेता भन्छन्ः नालायक गृहमन्त्री कुर्सीमा बसिरहनु हुदैंन्

191

चैत १७,
जाजरकोट । नेविसंघ महामन्त्री कुन्दन काफ्लेले गृहमन्त्री निधिको राजीनामा माग गरेका हुन् । कांग्रेसभित्रैबाट उपप्रधानमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेका हुन् । मंगलबार साँझ अज्ञात समूहद्वारा हत्या गरिएका नेविसंघका पूर्व केन्द्रीय सदस्य रवीन्द्र शाहका हत्यारालाई तीन दिन वितिसक्दा पनि पक्राउ गर्न नसकेको भन्दै काफ्ले गृहमन्त्रीलाई नालायको संज्ञा दिएका छन् । विद्यार्थी नेता शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार सदरमुकाम खलंगाको ठाटीमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री काफ्लेले घटना भएको तीन दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा मागेका हुन् ।
नेता काफ्लेले सदरमुकामभित्रै आफ्ना नेताको विभत्स तरिकाले हत्या हुँदा पनि अपराधिलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। ‘काँग्रेसका कार्यकर्ता दिनदहाडै मारिँदा पनि गृहमन्त्री के हेरेर बस्नु भएको छ,’ महामन्त्री काफ्लेले भने,‘यस्ता नालायक गृहमन्त्री कुर्सीमाबसिरहनुको औचित्य छैन् । नागरिकको जीवन सुरक्षा गर्न नसक्ने गृहमन्त्री नेपाली कांग्रेसकै नेता भएपनि पदमा बस्ने अधिकार नभएको काफ्लेले वताए। ‘आफ्नै पार्टीको सरकार र मन्त्री भनेर हामी चुप लाग्दैनौं। नैतिकता भए गृहमन्त्रीज्यू राजीनामा दिनुस् ।
उनले भने,‘तपाईँले अपराधी पत्ता लगाउन नसके नेविसंघ आफैले अपराधी पत्ता लगाउँछ । हामी घटनाको बदला लिएर छोड्छौं ।’ उनले शाहको हत्या नियोजित योजनाबद्ध र आसन्न स्थानीय तहको निर्वाचन प्रभावित हुने गरी गरिएको पासविक घटना भएको टिप्पणी गरेका छन् ।
नेविसंघका उपाध्यक्ष तथा शाहको हत्यावारे नेविसंघले गठन गरेको छानविन समितिका संयोजक खडक डांगीले हत्या प्रकरणमा स्थानीय प्रशासन उदासिन रहेको आरोप लगाएका छन् । उनले सरकार र स्थानीय प्रशासनले हत्याको वास्तविकता छानविन गर्न नसके आफुहरुले गरेर देखाउने ठोकुवा गरे। हत्या गरेर नेविसंघलाई तर्साउन खोजे चुपचाप सहेर नबस्ने उनले चेतावनी दिए ।