चैत २१,
काठमाडौं । स्थानीय तहको विकासका लागि आफैँले आफ्नो प्रतिनिधी छान्ने स्थानीय तहको निर्वाचन हुन अब ४१ दिनमात्र बाँकी छ । तर, निर्वाचन आयोगले अहिलेसम्म मतदाता शिक्षा अभियान चलाएको छैन ।
यसपटक हुन लागेका निर्वाचन यसअघिको भन्दा फरक र फरक उद्देश्यले हुन लागेकाले मतदाता शिक्षा आवश्यक हुन्छ । आयोगले चैत अन्तिम सातावाट मात्र मतदाता शिक्षा अभियान सुरु गर्ने बताएको...
चैत २१,
भोजपुर । धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीलाई एक जनाले हत्या गरेका छन् । भोजपुर नगरपालिका– १० आम्तेकका ४२ वर्षीय हर्क तामाङले घरायसी विवादका कारण आइतबार आफ्नै श्रीमती मुना तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ भने हत्यापछि फरार रहेका तामाङलाई प्रहरीले...
चैत २०,
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अबको चुनाव एमालेमय हुने दाबी गरेका छन् । एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा शनिबार आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष ओलीले एमालेका काम कारवाही देखेर अन्य राजनीतिक पार्टीहरु आत्तिएको बताए । एमाले ठुलो पार्टी बन्न नभई देश बनाउन अग्रसर भएको भन्दै उनाले अबको निर्वाचनमा जनतामा भएको भोट एमालेले...
चैत २०,
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (एयुकेएल) ले उठाउनु पर्ने बक्यौता रकम १ अर्ब ४३ करोड पुगेको छ । मन्त्रालय र सरकारी कार्यालयहरुबाट मात्रै खानेपानी लिमिटेडले उठाउनुपर्ने बक्यौता रकम ४२ करोड ३१ लाख १९ हजार ४ सय १५ रुपैयाँ रहेको छ । बक्यौता रकम तिर्नको लागि सम्बन्धित निकायमा पटक पटक ताकेता गरेपनि उठाउन नसकेपछि केयुकेएलले रकम उठाइदिन भन्दै...
चैत २०,
काठमाडौं । आज ६० औं राष्ट्रिय सहकारी दिवस ‘दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नाराका साथ मनाईंदैछ । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् ।...
चैत २०,
नवलपरासी । नारायणी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाएपछि नवलपरासीका साविकका एक दर्जन बढी गाविस बाढीको उच्च जोखिममा परेका छन् । चितवन जिल्ला विकास समितिले ठेक्का लगाएका कारण नवलपरासीका नारायणी नदी छेउका यी गाविस बाढीको जोखिममा परेका हुन् । ठेकेदारले नदीजन्य पदार्थ निकाल्दा नारायणी नदीको बहाव पश्चिमतर्फ फर्काएपछि नवलपरासीका दर्जन गाविस कटान र डुबानको उच्च जोखिममा परेका छन् ।...
चैत्र १९, काठमाडौं ।
२०७२ सालको संविधान जारी गर्न प्रस्तान विन्दु मानिएको १६ बुँदे समझदारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले भोलि नयाँ शक्ति पार्टीका वरिष्ठ नेता सहित १ हजार भन्दा बढी विभिन्न नेता कार्यकर्ताहरुलाई लोकतान्त्रिक फोरममा प्रवेश गराउने भएका छन् । काठमाडौंको थापा गाउँ स्थित बानेश्वर ब्यङ्किटमा भोलि दिउँसो १:३० बजे पत्रकार सम्मेलन पछि...
चैत १८,काठमाडौं ।
नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा गर्ने तयारी गरेको समिति सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले जानकारी दिए । बैठकले भेलाको मिति भने सभापति शेरबहादुर देउवासँग समन्वय गरी तय गरिने जनाएको छ ।
बैठकले निर्वाचनमा पार्टीको...
चैत १८, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा सम्पर्क कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो । कमलामाई नगरपालिकामा बाटो छुट्याइदिएबापत रु २२ हजार पाँच सय घुस लिएको अभियोगमा उनलाई पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी...
चैत १८, काठमाडौँ ।
स्थानीयस्तरमा उपलब्ध हुने पोषिला खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यले आजदेखि काठमाडौँको भृकुटीमण्डपमा खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि उद्यम केन्द्र र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा भोलिसम्म सञ्चालन हुने उक्त मेलामा हिमाल, पहाड र तराई प्रदेशमा पाइने सबै प्रकारका तयारी खाद्य पदार्थको स्वाद लिनुका साथै खरिद समेत...










