पाल्पाको पर्यटकीय क्षेत्र रामपुर उपत्यका ओझेलमा

1057

पाल्पा । बाह्य पर्यटकलाई लक्षित गरेर रामपुरमा सञ्चालित होटल व्यवसायी पर्यटक नआउँदा निराश बनेका छन् । कालीगण्डकी बेसीकै उपत्यका रामपुरबजारमा करोडौँ रुपैयाँको लगानीमा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएका छन् । ठूलो धनराशि खर्च गरेका व्यवसायी बाह्य पर्यटक नभित्रँदा मारमा परेका छन् । रामपुरको बेझाडबजारमा मात्रै रु तीन करोडभन्दा बढीको लगानीमा दर्ता भएका ६४ र अन्य गरी करिब ७० वटा होटल सञ्चालनमा रहेका छन् ।
रामपुर उपत्यकाको पर्यटन क्षेत्रले गति लिन नसक्दा सोचेअनुसारको व्यापार गर्न नसकिरहेको व्यवसायी बताउँछन् । यस क्षेत्रमा सबैभन्दा बढी लगानीमा सञ्चालित होटल न्यू श्रीनगर हो । बाह्य पर्यटकलाई लक्षित गरेर सो होटल सञ्चालन गरिएको हो । तर रामपुर क्षेत्रमा पर्यटक नै नभित्रँदा व्यवसाय धरापमा परेको सञ्चालक एवम् होटल व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठ बताए ।
रामपुर उपत्यकामा सञ्चालित यस होटलले पर्यटन क्षेत्रमा ठूलो इँट्टा थपे पनि यहाँसम्म आउने सडक विस्तार, यहाँको पर्यटन क्षेत्रले फड्को मार्न नसक्दा व्यवसाय नै धरापमा परेको छ । नि आन्तरिक पर्यटक भित्रिए पनि बाह्य पर्यटकको आवागमन पर्याप्त रुपमा हुन नसक्दा सोचेअनुसार व्यापार फस्टाउन नसकेको व्यवसायीकोद भनाई छ ।