Sunday, September 27, 2026
Home राजनीति आगामी निर्वाचनबाटै प्रधानमन्त्री बनेर समृद्ध नेपाल बनाउने गच्छदारको उद्घोष

आगामी निर्वाचनबाटै प्रधानमन्त्री बनेर समृद्ध नेपाल बनाउने गच्छदारको उद्घोष

365

चैत्र २३, काठमाडौं ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारले आज भएको पार्टी एकता पछि कार्यक्रमलाई संवोधन गर्दै लोकतान्त्रिक फोरमलाई ७५ वटै जिल्लामा संगठन विस्तार गरि वैकल्पिक शक्तिको रुपमा आगामी निर्वाचनमै स्थापित हुने विचार व्यक्त गरेका छन् । मुलुकमा बिग्रेको राजनीतिलाई सहि ठाउँमा ल्याउन अहिले देखा परेका प्रमुख पार्टीहरु काँग्रेस एमाले र माओवादी केन्द्रबाट सम्भव नरहेको निस्कर्ष स्वरुप अस्ति २० गतेको नयाँ शक्तिका नेताहरुको पार्टी प्रवेश र आजको पार्टी एकता भएको भन्दै जनताहरु पनि यहि निस्कर्षका साथ लोकतान्त्रिक फोरममा आवद्ध हुने विश्वास व्यक्त गरे । यहि कार्तिक मंसिरमा हुने संघीय संसदको चुनाव पछि लोकतान्त्रिक फोरमबाट प्रधानमन्त्री बन्ने अवस्थामा संगठनलाई पुर्याउन आफ्नो ४६ वर्षिय अनुभवलाई सम्पूर्ण रुपमा प्रयोग गर्ने दृढता व्यक्त गरे २५ वर्षमा कुनै नेताले गर्न नसकेको काम आफूले ५ वर्षमा गरेर समृद्ध नेपाल बनाउने उद्घोष समेत गरे ।
पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र दलित जनजाती पार्टी लोकतान्त्रिक आवद्ध भए भने शान्ति पार्टी नेपालका कोषाध्यक्ष कान्छा लामा पार्टी प्रवेश गरेका थिए ।