जाने हैन त भक्तपुरको औद्योगिक तथा व्यापार मेलामा

428

चैत २३ ।
भक्तपुर । भक्तपुरमा औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा औद्योगिक तथा व्यापार मेला सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानलगायतका २ सय २५ स्टल रहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मेलामा दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको छ ।
मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको आयोजकले जनाए । मेलामा छ दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुतीका साथै हाँस्य व्यङ्ग्य प्रस्तुती रहने कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए ।