कलाकारले बनाएको सपनाको बस्तीः भोली हुदैं छ हस्तान्तरण (फोटो फिचर)

208

नयाँ नेपाल न्युज
माघ २२,
काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारित हुने मेरी बास्सैका धुर्त कलाकार कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटमा नमूना बस्ती निमार्ण कार्य सकिएको छ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती भोली एक कार्यक्रमका बिच हस्तान्तरण गरिने भएको छ। उनीहरुको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले छ । गत असोज ४ गते शिलान्यास गरिएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत निर्माण भएका छन्। गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए । यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मुसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो।   

तस्बिरः कलाकार धुर्मुसको फेसबुकबाट साभार गरिएको हो ।