राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

148

माघ २३,
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले मंगलबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गर्दै राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको बताएका हुन्। २४ गते बिहान १० बजे मतदान सुरु भएर दिउँसो ३ बजे मतदानको कार्यक्रम सकिने आयुक्त डा. यादवले बताए। प्रत्येक प्रदेशबाट ८र८ जना नियुक्त हुने राष्ट्रियसभाको प्रवधानअनुसार निर्वाचन हुन लागेको हो। जसअनुसार राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपांगतारअल्पसंख्यकसहित ८ जना निर्वाचित हुने व्यवस्था छ। जसअनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ सदस्य निर्वाचनको माध्यमबाट र बाँकी ३ सदस्य राष्ट्रपतिले मनोनित गर्ने प्रावधान छ। ५६ जनामध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका र बाँकी ३२ सदस्यका लागि निर्वाचन हुन लागेको आयोगले बताएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल २ हजार ५६ जना निर्णायक मण्डलका सदस्यहरु मतदाता रहेका छन्। प्रदेश २ बाट ८ जना राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भइसकेको डांं. यादवले बताए। निर्वाचन आयोगले प्रदेश २ बाहेकका प्रदेशमा उच्च अदालत रहेका ठाउँहरुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रदेश १ को विराटनगर, प्रदेश ३ को ललितपुरको पाटन, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र ती कार्यालयहरुले निर्वाचन तयारी पूरा गरिसकेको डा। यादवले बताए। बुधबार निर्वाचनपछि तत्काल मतगणना सुरु गरिने र ढिलोमा २५ गतेसम्म सबै राष्ट्रियसभाको मतगणना परिणाम सार्वजनिक गरिसक्ने आयोगले बताएको छ।