Tuesday, September 29, 2026
Home अपराध बलात्कारमा आरोपित दुई पक्राउ

बलात्कारमा आरोपित दुई पक्राउ

567

माघ २२,
भक्तपुर । भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा आज प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चार वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने ४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीया कर्णबहादुर पुनलाई आज पक्राउ गरेको हो ।
तीन दिनअघि बलात्कारमा परेकी पीडितले जाहेरी दिएपछि फरार रहेका पुनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । त्यसैगरी, चाँगुनारायण नगरपालिका–४ की पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आजै ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ । तामाङले बालिकालाई जबरजस्ती बलात्कार गरेको पीडितका परिवारले प्रहरीलाई जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको हो ।