भक्तपुरमा बलात्कारको घटनामा वृद्धि

200

माघ २४,
भक्तपुर । भक्तपुरमा बलात्कारको घटनामा वृद्धि भएको छ । केहीदिन यता तीन तीनवटा जबरजस्ती करणीका घटना भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका ८ स्थित श्री इँटाभट्टामा भएको जबरजस्तीकरणीको घटनामा ४५ वर्षीया महिला पीडित भएको हुन् । गत शनिबार राति सुर्खेत गुर्बाकोट नपा–९, भुल्के घर भई हाल चाँगुनारायण नगरपालिका ८ श्री इँटाभट्टामा काम गर्ने वर्ष ३८ को कर्ण बहादुर पुन मगरले ४५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । पीडित महिलाको उजुरीका आधारमा मगरलाई पक्राउ गरी कानुनबमोजिम म्याद थप गरी प्रहरीले कारबाही अघि बढाइएको छ । त्यसैगरी, प्रहरीले पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीगरेको अभियोगमा ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ । तामाङले गत ३० पुस दिउँसो बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने पीडितका अभिभावकको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरेको हो । त्यस्तै, चाँगुनारायण नगरपालिका–९, ताथलीमा १६ वर्षीया किशोरी जबरजस्तीकरणीको सिकार बनेकी छिन् । गत शुक्रबार राति दाङ बबई गाउँपालिका–३, हंसपुर घर भई हाल चानपा–९ ताथली बस्ने वर्ष २० को सुरेश घर्ती मगरले १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको प्रनाउ प्रसाईंले बताए । उक्त घटनामा पनि पीडित बालिकाको उजुरीको आधारमा सुरेशलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।