फागुन २१,
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा विहान १०
बजेबाट संसदीय दलका नेता चयनका लागि मतदान सुरु भएको हो। संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। मतदान १ बजेसम्म हुने र त्यस लगत्तै परिणाम...
फागुन २१,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रलाई मिल्न दिन नपाए गरिखान पाइन्छ भन्ने शक्ति सक्रिए रहेको बताएका छन्। ४५औं सुखानी शहीदको सम्झनामा पार्टी कार्यालय धुम्बाराहीमा गरिएको गरिएको कार्यक्रमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘एमाले र माओवादीलाई मिल्न दिन नपाए, भाँजो हाल्न पाए र आशंका फैलाउन पाए गरिखान पाइन्थ्यो कि...
फागुन २१,
काठमाडौं । मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन सोमबारबाट शुरु हुँदैछ। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सोमबार अपराह्न ४ बजे एकै समयमा शुरु हुने संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन...
फागुन २०,
काठमाडौं । संघीय संसदका सांसदको सपथग्रहण आइतबार हुँदैछ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव भएको तीन महिनापछि आइतबार सांसदले सपथ लिन लागेका हुन्। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको ५ बजे सपथग्रहण हुनेछ। प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग...
फागुन २०,
झापा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो झापा आउने भएका छन्। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा आउन लागेकी हुन्। उनीहरु आइतबार दिउँसो साढे १ बजे श्री एयरलायन्सबाट झापा आउन लागेको बताइएको छ। पूर्वराजा र रानीको स्वागतका लागि उनका शुभेच्छुक तथा सर्वसाधारणले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गर्ने कार्यक्रम तय गरेका छन्। विमानस्थलमा स्वागतपछि पूर्वराजा र...
फागुन १९,
बझाङ । माटोको ढिस्कोमा पुरिएर बझाङमा २ जनाको मृत्यु भएको छ । खप्तडछान्न गाउँपालिका–३ का रत्नदेवी पाध्याय र सुनिता पाध्यायको माटोको ढिस्कोले पुरिएर शनिबार बिहान मृत्यु भएको हो । घटना कसरी घट्यो भन्नेबारे केही खुलेको छैन ।
प्रहरीले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरीका अनुसार घटनाको खबर पाएलगत्तै त्यसतर्फ एक टोली गएको छ...
फागुन १६,
काठमाडौं । आज माओवादी र एमालेका सांसदको संयुक्त वैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा आफ्ना सांसदलाई प्रशिक्षण दिने भएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उनीहरुको संयुक्त बैठक तथा प्रशिक्षण आयोजना गरिएको हो । यी दुई पार्टीवीच पार्टी एकताका...
फागुन १९,
धुलिखेल । धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेपलाञ्चोकको आयोजनामा यही फागुन २३ देखि चैत ३ गतेसम्म ‘काभ्रे महोत्सव–२०७४ हुँदैछ । धुलिखेलस्थित धुलिखेल रंगशालामा हुने सो महोत्सव ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताउनुभयो । “स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौती पहिचान गरी त्यसका...
नयाँ नेपाल न्युज
फागुन १९,
भक्तपुर । शनिवार बिहान सातबजेबाट नै भक्तपुरको कौशलटार–बालकोट सीमाना पुलमा धेरै मानिहरुको भिड् जम्मा भएको थियो । यो भिड् अरु केही काम गर्नको लागि नभएर हिउँदमा कालो भएर जम्मे हनुमान्ते नदी सफा गर्नको लागि थियो । भक्तपुरका चार वटा नगरपालिकालाई दायाँ बायाँ घुमाउदैं हनुमान्ते नदी बग्छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ मा यो नदिको...










