पूर्वराजा ज्ञानेन्द्र झापामा

338

फागुन २०,
झापा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो झापा आउने भएका छन्। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा आउन लागेकी हुन्। उनीहरु आइतबार दिउँसो साढे १ बजे श्री एयरलायन्सबाट झापा आउन लागेको बताइएको छ। पूर्वराजा र रानीको स्वागतका लागि उनका शुभेच्छुक तथा सर्वसाधारणले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गर्ने कार्यक्रम तय गरेका छन्। विमानस्थलमा स्वागतपछि पूर्वराजा र रानी दमकस्थित हिमालय टी गार्डेनमा रहेको मिनी दरबारमा बस्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा। फणिन्द्र पाठकले जानकारी दिए। पूर्वराजा र रानी झण्डै तीन हप्तासम्म झापा बस्नेछन्। झापा किन आउन लागेको भन्ने अहिलेसम्म केही खुल्न नसकेको जनाइएको छ।