नयाँ नेपाल न्युज
फागुन १९,
भक्तपुर । शनिवार बिहान सातबजेबाट नै भक्तपुरको कौशलटार–बालकोट सीमाना पुलमा धेरै मानिहरुको भिड् जम्मा भएको थियो । यो भिड् अरु केही काम गर्नको लागि नभएर हिउँदमा कालो भएर जम्मे हनुमान्ते नदी सफा गर्नको लागि थियो । भक्तपुरका चार वटा नगरपालिकालाई दायाँ बायाँ घुमाउदैं हनुमान्ते नदी बग्छ । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ र ७ मा यो नदिको मुख्य मुहान रहेको छ । अन्य केहि साना नदी मिसिएर हनुमान्ते वर्षायाममा मात्र बग्छ । यो भन्नु किन पर्दछ भने हिउँदमा हनुमान्तेमा कालो लेदो मात्र बग्छ । कतिपय स्थानमा त त्यो कालो लेदो पनि बग्दैन् । शनिबार जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले सुरु गरेको नदी सफाई अभियान एक सय हप्तासम्म संञ्चालन गर्ने बताइएको छ । सफाई अभियान सुरु भएको स्थानभन्दा माथीबाट धेरै घर, कम्पनिका ढल हनुमान्तेमा बगिरहेको छ । भक्तपुरमा बसोबास गर्ने धेरै मानिसहरु कार चढेर हिडेपनि घरको फोहोर पोको पारेर यो नदिमा फयाँक्ने गर्दछ ।
कुन–कुन क्षेत्र हुन् चुनौती
सबैभन्दा ठुला चुनौती नै भक्तपुरका तीन नगरपालिका छन् । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमी नगरपालिका हनुमान्ते नदी सफाईका मुख्य चुनौती हन् । भने चाँगुनारयण नगरपालिका थोरै चुनौती बन्न सक्दछ ।
भक्तपुर नगरपालिकाः यो नगरपालिका सीमान सुरु हुनेस्थानबाट नै हनुमान्ते नदी दुषित हुन सुरु हुन्छ । घना बस्ती समेत यहिँ नगरको सीमानबाट सुरु हुने भएकाले होला नदी निकै दुर्गन्धित र फोहर मिश्रीत भएको छ । स्वय्म नगरपालिकाले समेत ढलको व्यवस्थापन गर्न सकिरहेको छैन् । जनप्रतिनिधि निर्वाचित भएर आएपछि नगरप्रमुख सुनिल प्रजापतिले सुरुवात गरेका छन् । तर अझैपनि धेरैस्थानमा सिधै ढल यो नदीमा मिसाउने कार्य बन्द भएको छैन् ।
सूर्यविनायक नगरपालिकाः यो नगरपालिका हनुमान्ते नदीको दक्षिण किनारतर्फ पर्दछ । नेपालका उच्च तहमा पुगेका धेरै नेता, कलाकार, व्यापारी र पत्रकारको बसाई यो नगरपालिका भित्र छ । तर यहिँ नगरभित्रबाट धेरै स्थानमा व्यक्तिका घर, व्यापारीक स्थानका ढल नदिमा मिसाइएको छ । फोहोर लगेर नदीमा फालिदिने सर्वसाधरणमा यो नगरपालिकामा पनि धेरै छन् । ढल र फोहोर व्यवस्थापनमा नगरपालिकाले भरपर्दो काम गर्न सकिरहेको देखिदैन् । यो नगरबाट हनुमान्तेमा मिसिने शाखा नदि समेत प्रदुषित छन् ।
मध्पुर थिमी नगरपालिकाः यो पनि भक्तपुर घनाबस्ती बिस्तार हुदैं गरेको नगरपालिका हो । तर यो नगरपालिकामा उचित ढल र फोहोरको व्यवस्थापन गर्न सकिरहेको छैन् । जनप्रतिनिधि आएपछि प्रयास गरेपनि काम गराई उहिँ कर्मचारीले चलाएको नगरपालिका जस्तै छ । हनुमान्ते नदीमा ढल मिसाउने यो पनि एउटा जिम्मेवार निकाय हो ।
चाँगुनारायण नगरपालिकाः यो नगरपालिको मुहान पोखरी भन्ने स्थान नै हनुमान्ते नदिको मुख्य मुहान हो । यो नगरपालिका भएर बग्ने हनुमान्ते नदी अन्य स्थानमा भन्दा सफा छ । सायद खोला किनार वरपर धेरै बस्ती नभएर पनि हुन सक्छ । जति लम्बाईमा नदीको यो नगरपालिका भित्र पर्दछ त्यो भित्र अझैसफा पानी बगाउन नगरले प्रयास गर्नु पर्ने देखिन्छ ।
व्यापारीक संघ–संस्थाः नदी किनार आसपासमा आफ्नो व्यवसाय संञ्चालन गर्ने धेरै उद्योगीहरुले सिधै फोहोर पानी मिसाउने गरेका छन् । यो कानुन विपरित हो भन्ने थाहा हुदाँ हुदैं पनि उनीहरु त्यसो गरिरहेका छन् । ती स्थानमा रहेका स्थानीय तहले उचित कदम चालेको देखिदैंन । कतिपयले नदीको दायाँ बायाँ छोड्नु पर्ने मापदण्ड २०–२० मिटर नछोडी भौतिक संरचनाहरु निमार्ण गरेका छन् ।
सर्वसाधरणः हमुमान्ते नदि फोहर हुनुमा म, तपाई अनि उहाँहरु हामी सबै दोषी छौ । प्राकृतिक, धार्मीक र सांस्कृतिक महत्व बोकेको भक्तपुरको मध्य भाग भएर बग्ने यो नदिलाई सफा बनाउन एक जनाले वा एउटा निकायले मात्र चाहेर हुदैंन । नदि आसपास बस्ने सर्वसाधरणले पनि आफ्नो दायित्व भुल्नु हुदैन । हामीले पनि आफ्नो आचरण परिर्वतन गर्न जरुरी छ । तवमात्र हनुमान्ते नदिमा सफा पानी बग्ने छ । दाँया बायाँँ करिडोर निमार्णको लागि धेरै स्थानमा ट्याक खोल्ने काम सम्बन्धीत निकायले गर्नु पर्ने देखिन्छ । त्याृ संगै ढल व्यवस्थापन गर्न सके मात्र यो नदी सफा हुनेछ ।