Friday, October 23, 2026
Home राजनीति एमाले मुसा होइन तपाईले थापेको पासोमा पर्ने , प्रधानमन्त्री ओली

एमाले मुसा होइन तपाईले थापेको पासोमा पर्ने , प्रधानमन्त्री ओली

255

फागुन २१,
काठमाडौ‌ं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र माओवादी केन्द्रलाई मिल्न दिन नपाए गरिखान पाइन्छ भन्ने शक्ति सक्रिए रहेको बताएका छन्। ४५औं सुखानी शहीदको सम्झनामा पार्टी कार्यालय धुम्बाराहीमा गरिएको गरिएको कार्यक्रमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘एमाले र माओवादीलाई मिल्न दिन नपाए, भाँजो हाल्न पाए र आशंका फैलाउन पाए गरिखान पाइन्थ्यो कि भन्नेहरु लागिरहेका छन्, तर त्यो सपना पूरा हुँदैन।’ उनले भने, ‘त्यो अपेक्षा सपनामा खाएको चकलेट मात्र हो, ब्यूझँदा गुलियो होइन टर्रो हुन्छ।’ त्यस्तै, प्रधानमन्त्री आोलीले एमाले साँचोमा पर्ने मुसा नभएको बताउँदै पार्टी एकता भएरै छाड्ने दाबी समेत गरे। ुअब देशमा वामपन्थीको सरकार बन्यो त्यो सुन्ने बानी बसाल्नुहोस्ु ओलीले भने, ‘हामी असफल भए देश असफल हुन्छ, हामी देशलाई असफल हुन दिदैनौं।’