माटोको ढिस्कोले पुरिएर बझाङमा २ जनाको मृत्यु

228

फागुन १९,
बझाङ । माटोको ढिस्कोमा पुरिएर बझाङमा २ जनाको मृत्यु भएको छ । खप्तडछान्न गाउँपालिका–३ का रत्नदेवी पाध्याय र सुनिता पाध्यायको माटोको ढिस्कोले पुरिएर शनिबार बिहान मृत्यु भएको हो । घटना कसरी घट्यो भन्नेबारे केही खुलेको छैन ।
प्रहरीले घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरीका अनुसार घटनाको खबर पाएलगत्तै त्यसतर्फ एक टोली गएको छ ।