Home Blog Page 2119
नयाँ नेपाल न्युज फागुन २५, काठमाडौं । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले वित्तिय संस्थाहरुले देशमा भएका साना व्यवसायको गर्नुपर्ने बताएका छन् । राष्ट्रिय आर्थिक तथा वित्तिय सेवा उपभोक्ता संघ नेपालको केन्द्रिय महाधिवेशन तथा वार्षिक साधारण सभामा सम्बोधन गर्दै रेग्मीले स्थानीय सरकारले वडा तहसम्म साना उद्योगको संरक्षण गर्न सके मात्र नेपालको विकाश हुने धारणा व्यक्त गरेका छन् । उनले मुलुकमा न्याय...
एक पुरुषले आफ्नो १९ वर्षीय छोराको हात काटिदिएका छन् । छोराको हात काटिदिनुको कारण थियो, मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत । छोराको यस्तो लतबाट आजित बनेका बाउले रिसको झोंकमा हात नै काटिदिए । यो घटना भारतको हैदरावादमा घटेको छ । पोर्न फिल्म हेरेको भन्दै छोराको हात काटिदिने बाबुको नाम हो, मोहम्म्द कयूम कुरेसी । उनलाई हत्या प्रयासको...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले निस्क्रिय इच्छामृत्युलाई मान्यता दिने निर्णय सुनाएको छ । सर्वोच्च अदालतले व्यक्तिलाई ‘जीवन इच्छापत्र’का लगि अनुमति दिइएको छ । यस अन्तर्गत व्यक्तिले आफूलाई ‘उपचार नहुने कोमा’को अवस्थामा पुगेमा कृतिम श्वास प्रश्वास कायम नगर्न पहिले नै कुनै कागज गर्न सक्छन् । यो निर्णय पाँच–सदस्यीय न्यायाधीशहरुको बेन्चले गरेको थियो । पाँच सदस्यमा सर्वोच्च अदालतका मुख्य न्यायाधीश...
फागुन २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन गरेको तीन जना राष्ट्रिय सभा सदस्यले शुक्रबार आज शपथ ग्रहण गर्दैछन् । दिउँसो १२ बजेपछि ओली सरकारले मनोनित गरेका सदस्यहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र डा.विमला पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका हुन् । सपथ ग्रहण नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । यसअघि १३ फागुनमा ओलीले मनोनित गरेको...
फागुन २५, काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई पुनः सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९० प्रतिशतसम्म कर्जा...
फागुन २५, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने चेतावनी दिएका छन् । शुक्रबार विहान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा निर्माण हुने ६५० शैय्याको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टचार नगर्ने र अरु कसैले भ्रष्टचार गरे त्यसलाई पनि नछोड्ने चेतावनी दिएका हुन् । ‘म र मेरो नेतृत्वको सरकारले भ्रष्टचार गर्दैन, गर्ने कसैलाई छोड्दैन, म भ्रष्टचार सहन्नँ...
फागुन २५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने भएको छ । शुक्रबार शीर्ष नेताहरुबीचको अनौपचारिक छलफल पछि काँग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सिंगो संसदको नायक रहने सभामुख निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलले उम्मेदवारी नदिने जनाएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भने काँग्रेसले...
फागुन २५, काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ । गुरुङ सभामुखको दावेदार थिए । तर, कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीले गुरुङलाई प्रमुख सचेतक बनाएको हो । गुरुङ पूर्वकानुनमन्त्री हुन् । माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै चयन गरिसकेको छ । उपनेता, सचेतकबारे भने निर्णय हुन बाँकी...
फागुन २५, काठमाडौं । नेकपा माओवादी नेता कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन् । माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय गरेको छ । माओवादीले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति हिजो नै गरेको थियो । पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान शीर्ष नेताहरूको छलफलले महराको नाममा सहमति गरेको थियो । औपचारिक घोषणा शुक्रबार गरिएको हो । एमालेसँगको भागबन्डामा माओवादीलाई...
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव एक कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका छन् । बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलामा बोल्दै उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिए । उनले भने, ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी...