बामगठबन्धनबाटः महरा सभामुखको उम्मेदवार तय

160

फागुन २५,
काठमाडौं । नेकपा माओवादी नेता कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने भएका छन् । माओवादीले उनलाई सभामुख बनाउने औपचारिक निर्णय गरेको छ । माओवादीले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति हिजो नै गरेको थियो ।
पार्टी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा बिहीबार बिहान शीर्ष नेताहरूको छलफलले महराको नाममा सहमति गरेको थियो । औपचारिक घोषणा शुक्रबार गरिएको हो । एमालेसँगको भागबन्डामा माओवादीलाई सभामुख परेको थियो । आज संसद सचिवालयमा सभामुखको उम्मेदवारी दर्ता छ ।
कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ । सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ । भोलि सभामुखका लागि चुनाव हुँदैछ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे ।