सभामुख पदका लागि काँग्रेसले उम्मेदवार नउठाउने

182

फागुन २५,
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार नउठाउने भएको छ ।
शुक्रबार शीर्ष नेताहरुबीचको अनौपचारिक छलफल पछि काँग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सिंगो संसदको नायक रहने सभामुख निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलले उम्मेदवारी नदिने जनाएका छन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध भने काँग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवारी उठाएको थियो ।