काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव एक कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलामा बोल्दै उनले सरकारले भ्रष्ट ठेकेदार र कर्मचारी कसैलाई पनि नछाड्ने चेतावनी दिए ।
उनले भने, ‘नेता मन्त्री बनेपछि औषधि गर्न विदेश जान्छन् । कर्मचारी असुली गर्न जान्छन् । तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी यस्ता धन्दा बन्द गराउँछौं ।’ ५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए । उनले भने, उनले भने, ‘ अब प्रष्ट भए हुन्छ, घुस खुवाउनेको काम अब हुँदैन । खानेको त के–के हुन्छ , हेर्दै जानुस् ।’
देशको अर्थतन्त्र छाता जस्तो होइन पिरामिड जस्तो हुनुपर्ने पनि सो अवसरमा यादवले धारणा राखे । अहिलेससम्म अधिकारको लागि लडिएको तर अब विकासको लडाईँ सुरु भएको समेत उनको भनाई थियो । रातोपाटीबाट साभार