Home Blog Page 2118
कान्तिपुर दैनिक फागुन २६, सप्तरी । काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । ‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र...
काठमाडौं । बदलिँदो जीवनशैली, खानपिनको गलत चयन र आवश्यकताभन्दा बढी तनावले मुटुसम्बन्धी रोगका बिरामीको संख्या बढाएको छ । नियमित शारीरिक व्यायामको अभावमा समेत मुटु रोगले च्याप्नेहरुको संख्या बढ्दो छ । मुटु मांसपेसीले बनेको एक अंग हो जसले शरीरको विभिन्न अंगमा रगत पम्प गरेर पठाउँछ । मुटुको रगत प्रवाह गर्ने धमनीमा जब अवरोध आउँछ जहाँ रक्तसञ्चार रोकिन्छ त्यहाँको मांसपेशी मर्न थाल्छ...
नागरिक दैनिक /बालकृष्ण ज्ञवाली फागुन २६, काठमाडौं । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन शुक्रबार मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको...
कान्तिपुर दैनिक/डीआर पन्त फाल्गुन २६, धनगढी — देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बोक्सी आरोपमा कुटपीट गरिएकी राधा चौधरीको सेती अञ्चल अस्पतालमा उपचार हुँदै...
कान्तिपुर दैनिक/घनश्याम खड्का फाल्गुन २६, काठमाडौँ — प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नागरिक अभियन्ता डा. गोविन्द केसी र उनको समूहलाई आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन अस्वीकार गरेका छन् । डा.केसी, अधिवक्ता ओमप्रकाश अर्याल र अभियानका सहयोगी प्रितम सुवेदीले पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको तथ्यमा गम्भीर शंका उत्पन्न भएको भन्दै निवारणका लागि सक्कल प्रमाण पेस गर्न उनको निजी सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ...
बि.स.२०७४ फाल्गुन २६ गते । शनिबार । ईश्वी सन् २०१८ मार्च १० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । चैत्र कृष्णपक्ष । तिथि अष्टमी,२ घडी ३० पला बिहान ७ बजेर २२ मिनेट उप्रान्त नवमी । नक्षत्र मुल,अहोरात्र । योग सिद्धि ३३ घडि ५९ पला,बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त...
फागुन २५, काठमाडौं । तरकारी बारीमा कडा खाले विषादि प्रयोग, खसी र सुँगुरमा संगिनी सुइ, कुखुरामा एन्टीवायोटिक र भारतबाट आयात हुने माछामा फर्मालिङ जस्ता घातक पदार्थको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको सरकारवालाहरुले झापामा आयोजित एक कार्यक्रममा बताएका छन् । उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । कृषि मन्त्रालयको बाली संरक्षण...
संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो जादुकलाबाट मानिसलाई मनोरञ्जन दिन्छन् । आज हामी तपाइलाई केही यस्ता जादुको भिडियो देखाउने छौ । पत्याउनै नसकिने जादु (हेर्नुहोस् भिडियोमा)https://www.youtube.com/watch?v=GbGG1FdYVMc
फागुन २५, काठमाडौ । त्रिपुरेश्वरमा दोस्रो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालने आफु पदमा रहदाँ वा नरहदाँ सधै खेलकुदको विकाशमा समर्पित रहेको बताए । उनले भने 'तपाईहरु खेल सम्बन्धी कनै समस्या वा विषयलाई १० मिनेटमा प्रधानमन्त्रीको टेबुलमा पु¥याउने हैशियत राख्दछु, समस्या समाधानको लागि लागिरहने...
नयाँ दिल्ली । पछिल्लो केही दिनदेखि भारतीय राजनैतिक व्यक्तित्वका शालिकहरु ‘शालिक युद्ध’को चपेटामा पर्न थालेका छन् । यो शृङ्खलाको पछिल्लो शिकार माहात्मा गान्धीको शालिक भएको छ । भारतको राष्ट्रपिता’ पनि भनिने गान्धीको शालिक दक्षिणी राज्य केरलामा आक्रमणमा परेको हो । केही युवाहरुले शालिकमाथि ढुङ्गा प्रहार गरेर शालिकको चस्मा फुटाइदिइएका छन् । यी आक्रमणको शुरुवात यो हप्ता उत्तरपुर्वी राज्य त्रिपुराको प्रदेश...