Wednesday, October 21, 2026
Home समाचार वित्तिय संस्थाहरुले साना व्यवसायको संरक्षण गर्नु पर्दछः रेग्मी

वित्तिय संस्थाहरुले साना व्यवसायको संरक्षण गर्नु पर्दछः रेग्मी

264

नयाँ नेपाल न्युज
फागुन २५,
काठमाडौं । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले वित्तिय संस्थाहरुले देशमा भएका साना व्यवसायको गर्नुपर्ने बताएका छन् । राष्ट्रिय आर्थिक तथा वित्तिय सेवा उपभोक्ता संघ नेपालको केन्द्रिय महाधिवेशन तथा वार्षिक साधारण सभामा सम्बोधन गर्दै रेग्मीले स्थानीय सरकारले वडा तहसम्म साना उद्योगको संरक्षण गर्न सके मात्र नेपालको विकाश हुने धारणा व्यक्त गरेका छन् । उनले मुलुकमा न्याय को पुर्ण अर्थ व्यवस्था आर्थिक संम्वद्धि नहुने रेग्मीको तर्क छ । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरी, मानअधिकार महिला तथा कानुनका अध्यक्ष राजकुमार थापा, आयोजक संस्थाका अध्यक्ष शेषकान्त शर्मा लगायतले उद्योगको विकाश नभएसम्म मुलुकको प्रगति नहुने बताएका छन् । भोलीसम्म चल्ने सभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।