Thursday, May 14, 2026
Home Blog Page 2103
चैत ३, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले मिडियामा देखिएको उपलब्धि देशको समृद्धिमा उपयुक्त सञ्चार नीति बनाउन पहल गर्ने बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको भेटघाट कार्यक्रममा बास्कोटाले सञ्चार क्रान्तिले मानवजीवन सहज बनाएको बताए। राज्यमन्त्री बास्कोटाले भने ‘सञ्चारले आर्थिक र सांस्कृतिक रुपमा दुनियाँलाई एकै ठाउँमा...
चैत ३, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको प्लेअफुमा नेदरल्यान्डको छैटौँ विकेट झरेको छ। छैटौँ विकेट लिनेक्रममा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिए। नेदरल्यान्डका स्कट इडवार्ड २५ रनमा आउट भए। नेपाललाई पाचौँ सफलता पनि ललित राजवंशीले दिलाएका थिए। उनले भान देर मेर्विलाई २५ रनमा आउट गरेका थिए। नेपालको चौथो विकेट सन्दीप...
चैत ३, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन्।उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएका हुन्। निर्विरोध निर्वाचित भएको घोषणा भने दाबी विरोधलगायतका प्रक्रिया पूरा भएपछि भोलि मात्र हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बताएको छ। पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुसाल, रेखा शर्मा छन्। यस्तै,...
चैत ३, बलिउडका एक्सन हिरो अजय देवगन ‘गंगाजल’ र ‘सिंघम’ पछि एकपटक फेरि कडक अफिसरको भूमिकामा देखिएका छन् । १६ मार्चमा रिलिज भएको फिल्म ‘रेड’ मा उनी इनकम ट्याक्स अफिसरको भूमिकामा छन् । फिल्म १९८१ मा लखनऊमा भएको सबैभन्दा लामो रेडको कहानी हो । बलिउडमा यूपीको राजनीति र भ्रष्टाचारको विषयमा प्रायः फिल्म बनिरहेका छन् । ‘साहब बीवी और ग्याङस्टर’,...
चैत ३, चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । सापकोटाका अनुसार स्कुटरमा घरतर्फ आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले स्कुटर रोकेर हातपात गर्दै डिजल छर्केका थिए । सापकोटाले भने, “डिजल छर्कर्दै गर्दा मेरो टिसर्टमा समाएका थिए, टिसर्ट च्यातेर भाग्न सफल भएँ ।” आफू भाग्न नसकेको भए आगो समेत...
चैत ३, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरे । “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य...
चैत ३, बैतडी । गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् । विद्युत् सेवाको पहँुच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार वितरण गरिन लागिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले बताए । सो गाउँपालिकाको वडा नं १ का ८५ घरपरिवालाई सोलार वितरण गरी सो कार्यक्रम शुरु गरेको उन्ले...
चैत ३, काठमाडौं । चालू आर्थिक वर्षमा केन्द्र सरकारबाट स्थानीय तहले पाउने अन्तिम किस्तामार्फत्को ७५ अर्ब रुपैयाँ निकासा भएको छ । सरकारले स्थानीय तहलाई तेस्रो किस्ताको ७५ अर्ब रुपैयाँ उपलब्ध गराउँदा सरकारी बजेट घाटा एक खर्ब ७० अर्ब रुपैयाँ पुग्छ । अब सरकारसँग खर्च गर्न मिल्ने मौज्दात रकम २० अर्ब रुपैयाँ मात्र रहेनेछ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म९५ अर्ब...
चैत ३, राजविराज । काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् । ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले बताएको छ । समाचारमा लेखिएको छ, १७ बर्षीया युवतीले सप्तरी सदरमुकाम राजविराजमा लिफ्ट मागेकी...
चैत ३, काठमाडौं ।उपराष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन आयोगले बताएको छ। आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा माओवादी केन्द्रले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई नै दोहोर्‍याउने निर्णय गरिसकेको छ। कांग्रेसले भने उम्मेदवार...