उपराष्ट्रपतिमा पुन निर्विरोध

148

चैत ३,
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन्।उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएका हुन्। निर्विरोध निर्वाचित भएको घोषणा भने दाबी विरोधलगायतका प्रक्रिया पूरा भएपछि भोलि मात्र हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले बताएको छ। पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुसाल, रेखा शर्मा छन्। यस्तै, समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन्। राष्ट्रपतिमा प्रतिस्पर्धा गरेको प्रमुख विपक्षी दल कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन।