निःशुल्क सोलार वितरण

172

चैत ३,
बैतडी । गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन् ।
विद्युत् सेवाको पहँुच बाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार वितरण गरिन लागिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले बताए । सो गाउँपालिकाको वडा नं १ का ८५ घरपरिवालाई सोलार वितरण गरी सो कार्यक्रम शुरु गरेको उन्ले बताए । दोगडाकेदार गाउँपालिकाको २० लाख तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको थप अनुदान सहयोगमा सोलार वितरण गरिन लागिएको हो ।
वडा नं १, २, ६ र ८ का दलित बस्तीमा विद्युत्को पहँुच बाहिर रहेका सम्पूर्ण घरधुरीलाई एक÷एक थान सोलार वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए । वडा कार्यालयबाट लगत मागेर सम्बन्धित वडाध्यक्ष र सचिवको रहोवरमा सोलार वितरण भइरहेका दोगडाकेदार गाउँपालिकाले बताएको छ ।
सो गाउँपालिकाभित्र एक हजार बढी दलित परिवार रहेका छन् । ‘उज्यालो दोगडाकेदार’ गाउँपालिकाका रुपमा चिनाउनका लागि सोलार वितरण गरिन लागेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।
–––