देशमा सुहाउदो सञ्चारनीति बनाउन पहल गर्छु .ंसञ्चार राज्यमन्त्री बास्कोटा

398

चैत ३,
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले मिडियामा देखिएको उपलब्धि देशको समृद्धिमा उपयुक्त सञ्चार नीति बनाउन पहल गर्ने बताएका छन्। शनिबार काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको भेटघाट कार्यक्रममा बास्कोटाले सञ्चार क्रान्तिले मानवजीवन सहज बनाएको बताए। राज्यमन्त्री बास्कोटाले भने ‘सञ्चारले आर्थिक र सांस्कृतिक रुपमा दुनियाँलाई एकै ठाउँमा राखेको छ। सञ्चारमा सूचना, ज्ञान, शक्ति र सामथ्र्य छ। सञ्चारकर्मीले त्यो शक्ति सही ठाउँमा प्रयोग गर्नुपर्छ।’ सो अवसरमा बोल्दै राज्यमन्त्री बाँस्कोटाले नेपाली मिडियाको समस्यालाई समाधान गर्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर काम गर्ने बताए। मन्त्री बास्कोटाले मर्याधित पत्रकारिता गर्ने वातावरण बनाउन पहल गर्नेसमेत बताए। सरकारी क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरू र निजी सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीहरूबीचको पारिश्रमिकको विषयमा उठेका समस्याका बारेमा पनि आफूले पहल गर्ने पनि बताए। अनलाइन मिडियाका बारेमा सञ्चार मन्त्रालयले नियमन गर्ने गरी काम गर्ने योजना बनाउने पनि मन्त्री बास्कोटाले बताए। सो भेटघाट कार्यक्रममा बोल्दै मन्त्रीले अहिलेको बाम गठबन्धनको सरकार छ। निर्वाचनका वेला गरेका संकल्पलाई पाँचवर्ष भित्र काम गरेर देखाउने पनि राज्यमन्त्री बास्कोटाले बताए।