लिफ्ट मागेकी युवती माइक्रोबसभित्रै बलात्कृत

403

चैत ३,
राजविराज । काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् ।
सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी युवती बलात्कृत भएकी हुन् ।
ती युवतीलाई बसकै चालक र सहचालकले बलात्कार गरेको प्रहरीले बताएको छ ।
समाचारमा लेखिएको छ, १७ बर्षीया युवतीले सप्तरी सदरमुकाम राजविराजमा लिफ्ट मागेकी थिइन् ।
बस स्टाफले माइक्रोमा हालेर नेपाल भारत सीमा क्षेत्रनजिक छिन्नमस्ताको सखडा पुर्याएर बलात्कार गरेको प्रहरीले बताएको छ । सिरहाको भगवानपुर ९ का चालक वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी ५ का खेमराज बैसे पक्राउ परेका छन् ।