चैत १६,
काठमाडौं । संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई राष्ट्रपतिसँगै बिहीबार संसदमा आसन गराइएपछि विवाद सुरु भएको छ ।विगतमा राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा उपराष्ट्रपतिलाई संसदको बाल्कोनीमा विशिष्ट कुर्सीमा आसन गराइन्थ्यो ।
बिहीबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगै कुर्सी राखेर आसन ग्रहण गराइएको थियो ।
संसदीय अभ्यास र परम्पराविपरीत उपराष्ट्रपतिलाई आसन गराइएको भन्दै...
चैत १६,
झापा । बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन्। आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए। उनीहरूले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन्।...
चैत १६,
कालिकोट । गाउँपालिका उपाध्यक्षको एसईई परीक्षा दिदैँ गरेकी नक्कली परीक्षार्थी पक्राउ परेकी छन्। जुम्ला हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायको एसईई परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी हुन्। हिमाली गाउँपालिका राहदेव माध्यमिक विद्यालय मोफ्लामा उपाध्यक्ष रोकायको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो। नक्कली परिक्षार्थी विमलाले लिइएको प्रवेश पत्रको फोटोमा केरमेट...
चैत १६,
काठमाडौं । भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिए। उनीहरूले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय...
चैत १६,
डोटी । दिपायल सिलगढी नगरपालिका–७ का गम्भीर बोहरालाई उच्च रक्तचापको समस्या भएपछि बुहारी शकुन्तलाले सोमबार उपचारका लागि जिल्ला अस्पताल सिलगढी ल्याइन्। डाक्टर गिरीश अवस्थीले जाँच गरे र शकुन्तलालाई डोटेली भाषामा ससुरामा भएको समस्या बताए। शकुन्तलाले डाक्टरलाई एकपछि अर्को प्रश्न सोध्दै गइन्। डाक्टरले जवाफ दिँदै गए। जिल्ला अस्पताल डोटीमा डाक्टरले बिरामीसँग डोटेली भाषा प्रयोग...
चैत १६,
धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको जनाइएको छ। प्रदेश ७ लाई भारतसँग जोड्ने यी पुराना नाका भएपनि स्तरोन्नति हुन सकेका छैनन्। कृषि क्षेत्रमा अगाडि रहेको...
चैत १६,
ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले बताएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै सञ्चालन गरेकाले स्थगित गर्नुपरेको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले बताए । बिहीबार स्वास्थ्य...
चैत १६,
काठमाडौं । नेपाल पत्रकार महासंघले देशको विकास र समृद्धिको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यद्धारा महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा जारी विज्ञप्तिमा सञ्चार माध्यमलाई राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्न आग्रह गरिएको छ । नेपालको संविधान र...
चैत १६,
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो । चौधरीको मुख र छाती जलेर अवस्था...
चैत १६,
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ ।
उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौँका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ । अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद्...










