Home Blog Page 196
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । सो अवसरमा नगरपालिकाले प्रकाशन गरेको हाम्रो मध्यपुर थिमि बुलेटिनको विमोचन गर्नुका साथै ई सिफारिसको शुभारम्भ गरिएको थियो कार्यक्रममा नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा वडा नं. ३ का किरण बहादुर थापा, उत्कृष्ट उपभोक्ता समिति धपाहिटी परिसर सुधार उपभोक्ता...
भक्तपुर । सरकारी एवं सार्वजनिक, ऐलानी, पर्ती जग्गा अतिक्रमण गरि बसेकाहरुलाई हटन् चाँगुनारायण नगरपालिकाले सूचना जारी गरेको छ । चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको २०८० फागुन २३ गतेको बैठकले सार्वजनिक जमिनको संरक्षण गर्ने निर्णय गरेको थियो । नगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।सूचनामा भनिएको छ, चाँगुनारायण नगरपालिका भित्रको विभिन्न स्थानमा रहेका सरकारी एवं सार्वजनिक, ऐलानी, पर्ती...
काठमाडौं : योर्ग आन्द्रेस (Joerg Andrees) माइकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन्। बर्लिन आफ्नो एकेडेमीमा उनले दुई वर्षको कक्षा सञ्चालन गरिरहेका छन्।विभिन्न देशमा माइकल चेकव पद्धतिको तालिम दिँदै हिँड्छन्। नेपाल आउनु अघि रसियाको मस्कोमा थिए। युरोप एसियाका धेरै देशमा यो पद्धति चर्चित छ। नेपालमा धेरै थिएटरहरू छन्। रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु छन्। तर कुनै विशेष पद्धति छैन। शिक्षक, निर्देशकको...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्टीकरण सोधेपछि रमेश खरेलले राजीनामा दिएका छन्। खरेलले बुधबारबाट लागू हुने गरी पदबाट राजीनामा पत्र पठाएका हुन्। खरेल रास्वपामा आबद्ध थिए। खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए। उनी जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको...
काठमाडौँ : नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने बताएका छन्। बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताए। उनले छानबिनको निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्न गृहमन्त्रीले...
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। पछिल्लो समय सनातन हिन्दूराष्ट्र र राजतन्त्रको एजेन्डा लिएर आन्दोलनमा होमिन लागेको राप्रपालाई फकाउन विभिन्न शक्ति लागेको जनाइएको छ। आजको भेटमा अध्यक्ष लिङ्देलने समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल भएको बताए। उनले अमेरिकाले धर्म परिवर्तनमा अमेरिकाले लाखौँ डलर खर्च गर्दै आएको बारेमा पनि...
पर्वत : जिल्लाको पोखरा महानगरपालिका–११ का सुगम बास्तोलाको खोजीका लागि पोखरास्थित सेती नदीको ड्याम खोलिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत फागुन १८ गतेदेखि बेपत्ता रहेका उनको खोजीका लागि पुन सेती नदीको ड्याम खोलिदिन परिवारका तर्फबाट अनुरोध आएपछि चैत १५ गते दिउँसो एक बजेबाट ड्याम खोल्न लागिएको हो।बास्तोलाले पोखरा महानगरपालिका–३ स्थित नदीपुरमा रहेको पुरानो पुलबाट सेती नदीमा...
काठमाडौं : काठमाडौं अपराध अनुसन्धान कार्यालयले ११ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार रसुवाको केरुङ नाका हुँदै भन्सार छली ल्याएको गोप्य सूचनाका आधारमा प्रहरीले काठमाडौंको नरदेविबाट दुई जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १२७ दशमलव ७ ग्राम अर्थात् ११ तोला अवैध सुनसहित नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले जानकारी दिए। उक्त सुनको हाल...
काठमाडौं : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम २ र प्रदेश सभामा बझाङ १ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा...
जनकपुरधाम : ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान पौने ६ बजे चार्जमा लगाएको ई-रिक्साको तार छुटाउने क्रममा उनलाई करेन्ट लागेको थियो। उपचारका लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत...