Wednesday, September 23, 2026
Home राजनीति अमेरिकी राजदूत थम्पसन र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

अमेरिकी राजदूत थम्पसन र राप्रपा अध्यक्ष लिङ्देनबीच भेट

21

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन्। पछिल्लो समय सनातन हिन्दूराष्ट्र र राजतन्त्रको एजेन्डा लिएर आन्दोलनमा होमिन लागेको राप्रपालाई फकाउन विभिन्न शक्ति लागेको जनाइएको छ। आजको भेटमा अध्यक्ष लिङ्देलने समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल भएको बताए। उनले अमेरिकाले धर्म परिवर्तनमा अमेरिकाले लाखौँ डलर खर्च गर्दै आएको बारेमा पनि राजदूतसँग जिज्ञासा राखेको बताएका छन्। भेटमा राजदूत थम्पसनले अमेरिकाले निश्चित धर्म वा सिद्धान्त प्रवर्द्धन नगर्ने स्पष्ट पारेका थिए।