चाँगुुनारायणका नगरप्रमुख खत्रीले सार्वजनिक जग्गा कब्जा गर्नेलाई कारवाही गर्लान त ?

54

भक्तपुर । सरकारी एवं सार्वजनिक, ऐलानी, पर्ती जग्गा अतिक्रमण गरि बसेकाहरुलाई हटन् चाँगुनारायण नगरपालिकाले सूचना जारी गरेको छ । चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको २०८० फागुन २३ गतेको बैठकले सार्वजनिक जमिनको संरक्षण गर्ने निर्णय गरेको थियो । नगरपालिकाले बुधबार ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनामा भनिएको छ, चाँगुनारायण नगरपालिका भित्रको विभिन्न स्थानमा रहेका सरकारी एवं सार्वजनिक, ऐलानी, पर्ती जग्गा तथा नेपाली सेनाको नाममा दर्ता कायम सरकारी जग्गा समेत अतिक्रमण गरी विभिन्न व्यक्तिले भोग चलन गरिआएको भन्ने विषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । सरकारी सम्पत्तिको रुपमा रहेका सरकारी घर, भवन वा जग्गा, सडक, वाटो, नदी, खोलानाला, कुलो वा ऐलानी, पर्ती जग्गा वा सार्वजनिक सम्पत्तिको अतिक्रमण गर्नु अपराध भएको नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

ढल वा बाटो, कुवा, पधेरो, पानीघाट, इनार पोखरी, पार्क, मुहान वन जंगल अतिक्रमण गरी घर टहरो बनाउने, संरचना निर्माण गर्ने कार्य दण्डनीय हुने नगरपालिकाले जानकारी दिएको छ । जारी सूचनामा भनिएको छ, नगरपालिका क्षेत्र भित्र रहेका सरकारी वा सार्वजनिक ऐलानी, पर्ती, सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा लगायतका संरचना, अतिक्रमण र गैर कानूनी प्रयोग ३५ दिन भित्र हटाउनु पर्नेछ ।

चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको २०८० फागुन २३ गतेको बैठकको निर्णयानुसार सूचनाको वेवास्ता गरी अतिक्रमण नहटाएमा उक्त संरचना हटाइने र संरचना हटाउँदा लागेको खर्चसमेत सम्बन्धितवाट सरकारी बाँकी सरह असुलउपर गरिने व्यहोरा सूचित गरिन्छ, सूचनामा भनिएको छ । यस्ता सूचना पटक पटक जारी हुदैं आएपनि प्रक्रिया अगाडी भने बढन् नसकेको स्थानियकहरुको भनाई । यो सूचनाको ३५ दिनपछि नगरप्रमुख जीवन खत्रीले साच्चैं सूचना मात्रै जारी गर्दछन् की कारवाही पनि हेर्न बाकीँ रहेको चाँगुबासीले बताए ।