Home Blog Page 197
उदयपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारमा एमालेसहितको गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन्। उदयपुरको गाईघाटमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताए। देशमा प्रजातन्त्र र गणतन्त्र अझ बलियो र सुदृढ बनाउन वर्तमान समीकरण...
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :– अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। – पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ। – मनतातो पानीमा मह र कागतीको...
बागलुङ : बागलुङका महिलाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन्। यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एक महिने तालिम लिएका हुन्। हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहकी अध्यक्ष सरिता थापामगरले बताइन्। विवाह, व्रतबन्धलगायत अन्य सामाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा...
काठमाडौं : कैलालीको चिसापानीस्थित कर्णालीको पुलबाट हाम फालेर बेपत्ता भएका एक जना अझै भेटिएका छैनन्। लम्कीचुहा नगरपालिका-३ चिसापानीका करिब ३० वर्षका लोकेन्द्र शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार शाहीको खोजीमा गोताखोर परिचालन गर्ने तयारी भइरहेको छ। सोमबार दिउँसो होली खेल्ने क्रममा १७ युवाले पुलबाट हाम फालेका थिए। १६ जना नदीबाट...
बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मा २१ वर्षीया श्रीमती सुशीला सुनारको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार श्रीमानश्रीमतीका बीचमा विवाद हुँदा अनिलले श्रीमती सुशीलालाई सोमबार...
अहिले आमजनतामा दीगो र स्वच्छ ऊर्जाको पहुँच र व्यवस्थापनको मुद्दा 'हटकेक' का रूपमा छ।घरायसी भान्सामा प्रयोग भएको ठोस इन्धन र मट्टीतेलबाट हुने प्रदूषणका कारण सिर्जित रोगले प्रत्येक वर्ष विश्वमा करिब ३८ लाख मानिस मृत्युको शिकार हुने एक अध्ययनले देखाएको छ। त्यो जनसंख्याको ठूलो हिस्सा महिला र बालबालिका छन्। यो समस्या समाधानको एउटा महत्वपूर्ण विकल्प घरायसी भान्साको विद्युतीय रूपान्तरण र...
भक्तपुर । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संघीय सरकारका मन्त्रालयलेहरु संघीयताको मर्म अनुसार नचलेको आरोप लगाएका छन् । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा पटके सवारी रुट इजाजत पत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गर्दै मन्त्री लम्सालले भने "संघीय सरकारले सिस्टम बोकेर राखेका कारण सेवाग्राहीले समयमा स्र्माट लाईसेन्स पाउन सकेनन् ।"मन्त्री लम्सालले संघीय सरकारले सिस्टम प्रदेशलाई...
पर्वत : विष्णु पादुका क्लब पोखरा २५ हेम्जाको आयोजनामा हुन लागेको १२ औँ राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तीव्र पारिएको छ। यही चैतको २५ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको छ। मूल आयोजक समितिका महासचिव वसन्त कुमार श्रेष्ठका अनुसार महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो।...
इलाम क्षेत्र नम्बर २ मा आफ्नै उम्मेदवार उठाउने कि नउठाउने भन्नेबारे सत्तारूढ नेकपा (माओवादी केन्द्र) अन्योलमा देखिएको छ। सत्तारूढ नेकपा (एमाले) ले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। नेपाली कांग्रेस, राप्रपालगायत दलहरूले उम्मेदवारका आकांक्षीका नाम क्षेत्रबाट जिल्ला कार्यसमितिमा पठाएका छन्। ती नाम प्रदेश हुँदै केन्द्रमा आएपछि छलफल गरी उम्मेदवारी तय हुनेछ।सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार तय गर्न...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटामा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि...