Wednesday, September 23, 2026
Home समाचार नदीमा हाम फालेका बास्तोलाको खोजी गर्न फेरि सेतीको ड्याम खोलिँदै

नदीमा हाम फालेका बास्तोलाको खोजी गर्न फेरि सेतीको ड्याम खोलिँदै

27

पर्वत : जिल्लाको पोखरा महानगरपालिका–११ का सुगम बास्तोलाको खोजीका लागि पोखरास्थित सेती नदीको ड्याम खोलिने भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत फागुन १८ गतेदेखि बेपत्ता रहेका उनको खोजीका लागि पुन सेती नदीको ड्याम खोलिदिन परिवारका तर्फबाट अनुरोध आएपछि चैत १५ गते दिउँसो एक बजेबाट ड्याम खोल्न लागिएको हो।बास्तोलाले पोखरा महानगरपालिका–३ स्थित नदीपुरमा रहेको पुरानो पुलबाट सेती नदीमा हाम फाली बेपत्ता भएको भनी प्रहरीमा उद्धार तथा खोजीको लागि निवेदन परेको थियो। सोहीअनुसार गत फागुन २२ गते सेती नदीमा पानीको बहाव बढाइ खोजतलास गर्दा उनी फेला परेनन्। सेतीमा नै हाम फालेको व्यक्ति सेतीमा नै भएको हुनुपर्ने र त्यसका लागि प्रहरीले नदीको ड्याम खोलेर खोजतलास गरिदिनुपर्ने निवेदन बास्तोलाको परिवारकोतर्फबाट प्रहरीमा आएको छ।ोही निवेदनअनुसार पोखरा महानगरपालिका–१६ दीप स्थित सेती नदीको ड्याम खोलेर नदीमा पानीको बहाव बढाउने तयारी भइरहेको छ। ड्याम खोलेको समयमा सेती नदीमा पानीको बहाव बढ्दा नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्ने मानिसहरू चनाखो भई काम गर्न प्रहरीले अनुरोध गरेको छ। उक्त समयमा कुनै पनि कामले सेती नदीको किनार नजिक नजान प्रहरीले सचेत गराएको छ।