Saturday, June 27, 2026
Home Blog Page 1822
काठमाडौँ, १३ माघ सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिनुभएको छ ।कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जित्नुभएको हो । योसँगै उहाँले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभयो ।सिजन...
माघ ११, काठमाडौं काठमाडौंको कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई प्रहरीले ८ घण्टापछि सकुशल उद्दार गरेको छ । अपहरणकारी भने फरार रहेका छन् ।जनकपुर स्थायी घर भएकी डा. बबिता साहकी २ बर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी हुन् । घटनालगत्तै परिवारले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीसहितको टोली खोजी कार्यमा खटिएको...
माघ ११,काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकाले भेनेजुयलाका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको प्रति विरोध गरेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। गोइदोले बुधबार कारावासमा आफैंलाई कार्यकारी राष्ट्रपति घोषणा गरेका थिए। जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए। नेकपा अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुयलाको आन्तरिक मामलामा अमेरिकी...
काराकास– भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका बेला यो खबर बाहिर आएको हो ।देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने...
माघ ११ , काठमाडौँ शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् । उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’नेपाल–भारत...
माघ ११, काठमाडौंः चिकित्सा शिक्षा विधेयक पारित भएसँगै नेकपाका नेता योगेश भट्टराईले अनसनरत डा। गोविन्द केसीलाई अनसन छोडेर विजय जुलुस मनाउन आग्रह गरेका छन्। ‘डा। साव तपाईँले जित्नुभएको छ, तपाईंको नाममा राजनीति गर्ने काम पनि सकिएको छ,’ भट्टराईले भने, ‘तपाईंले जित्नु भएको छ, विजय जुलुस मनाउनुहोस्, अव कहिल्यै अनशन बस्न पर्दैन।’ भट्टराईले विधेयक पास भएसँगै सबैभन्दा धेरै नेपाली जनतालाई...
माघ ११, काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनको मर्यादा विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिएको बताएका छन्। देउवाले आफ्नो सरकारले पेश गरेको विधेयकमा तोडमोड गरेर डा। गोविन्द केसीसँग भएका सहमतिहरुलाई पनि कुल्चँदै विधेयक पास गरिएको उनले बताए। ‘मेरो सरकार हुँदा पनि एमालेले अवरोध गरेको थियो, तर मैले सहमतिको बाटो रोजेँ, पेलेर गइन,’ देउवाले भने, ‘हामी निरन्तर संसद अवरुद्ध गर्छौँ।’...
माघ ११, काठमाडौं पाली कांग्रेसका सांसद गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको बताएका छन्। सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए।थापाले मेडिकल कलेज खोल्ने उद्देश्यसहित चिकित्सा शिक्षा विधेयक पारित भएको उनले बताए। साथै उनले आज सदनमा भएको काम कारबाही नहुनुपर्ने तरिकाले भएको बताए। समाजवाद ल्याउने सरकारले सरकारी स्वास्थ्य संस्था खोल्ने...
११ माघ, काठमाडौं प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए ।रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विजयी भावमा हात हल्लाए भने सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरे ।मन्त्री पोखरलले विधेयकमाथि छलफल...
११ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ ।शुक्रबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुखले सचेतक पुष्पा भुसाललाई समय दिइन् । उनले सरकारको निर्णय सच्याउनु पर्ने बताइन् ।दुई तिहाईको बलमा संसद चलाउन नसक्ने...