निषेधको राजनीति प्रारम्भ भयो, हामी जवाफ दिन्छौँ ; गगन थापा

132

माघ ११, काठमाडौं
पाली कांग्रेसका सांसद गगन थापाले सरकारले निषेधको राजनीति सुरु गरेको बताएका छन्। सरकारले थालेको निषेधको राजनीतिमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालक जस्तो भएर सहयोग गरेको उनले बताए।

थापाले मेडिकल कलेज खोल्ने उद्देश्यसहित चिकित्सा शिक्षा विधेयक पारित भएको उनले बताए। साथै उनले आज सदनमा भएको काम कारबाही नहुनुपर्ने तरिकाले भएको बताए। समाजवाद ल्याउने सरकारले सरकारी स्वास्थ्य संस्था खोल्ने कुरालाई कुल्चेर विधेयक पारित गरेको उनले बताए। उनले आजको गतिविधि सरकार र सभामुख दुवैका लागि महँगो पर्ने बताए। थापाले अब कांग्रेसले सदन र सडक दुवै ठाउँबाट आन्दोलन गर्ने बताए। ‘सरकारले निषेधको राजनीति सुरु गरेको छ, सभामुख आदेश पालक जस्ता देखिएका छन्,’ उनले भने, ‘यसको जवाफ हामीले दिन्छौँ।’ संसदमा आज नेपाली कांग्रेसको अवरोधका बीचमा चिकित्सा शिक्षा विधेयक पारित भएको छ।-थाहाखबर