Monday, September 28, 2026
Home राजनीति कांग्रेसले निरन्तर सदन र सडकमा अवरुद्ध गर्छः देउवा

कांग्रेसले निरन्तर सदन र सडकमा अवरुद्ध गर्छः देउवा

101

माघ ११, काठमाडौंः
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनको मर्यादा विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिएको बताएका छन्। देउवाले आफ्नो सरकारले पेश गरेको विधेयकमा तोडमोड गरेर डा। गोविन्द केसीसँग भएका सहमतिहरुलाई पनि कुल्चँदै विधेयक पास गरिएको उनले बताए। ‘मेरो सरकार हुँदा पनि एमालेले अवरोध गरेको थियो, तर मैले सहमतिको बाटो रोजेँ, पेलेर गइन,’ देउवाले भने, ‘हामी निरन्तर संसद अवरुद्ध गर्छौँ।’ साथै उनले नेपाली कांग्रेसका नेताहरुको इतिहास बर्तमान सरकारले मेट्ने कोसिस गरेको समेत बताए। संसदमा आज नेपाली कांग्रेसको विरोध हुँदा हुँदै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ।