काठमाडौँ, १३ माघ
राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको सङ्घीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिनुभयो ।
यही माघ ११ गते प्रतिनिधिसभा बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित भएपछि...
माघ १३,जुम्ला
जुम्लामा एक प्रहरीले ७१२ नागरिकलाई शान्ति सुरक्षा दिने दिनुपर्ने बाध्यता रहेको छ । यहाँ ३०५ को दरबन्दी भए पनि २२० मात्र प्रहरीको सङ्ख्या रहेको छ । जिल्लामा ८५ प्रहरीको दरबन्दी रिक्त रहेको प्रहरी नायब निरीक्षक सीताराम रिजालले बताउनुभयो ।उहाँले दरबन्दी अनुसारका प्रहरी जवान नहुँदा शान्ति सुरक्षामा खटनपटनमा चुनौती रहेको बताउनुभयो । हिउँदको समयमा अत्यधिक चिसो हुने भएकाले थप...
काठमाडौँ, १३ माघ
काठमाडौँको दक्षिणकालीबाट बाघको हड्डी जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका–१ बागधारा बस्ने ४२ वर्षीया सविता लामालाई बाघको हड्डी जस्तो देखिने वस्तु ५६ थानसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी प्रभाग चाल्नाखेलबाट संयुक्त रुपमा खटिएको टोलीले शनिबार सविताको घरमा खानतलासी गर्दा...
मनिला, १३ माघ
फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिनुभयो ।
प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।
उहाँले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र...
माघ १३,काठमाडौँ
सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । संघीय संसद्को प्रतिनिधिसभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ ।यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा.गोविन्द केसीसँगको सम्झौताअनुसार सरकारले थप गरेको हो ।स्नातक तहको कार्यक्रममा उपलब्ध सिटसंख्याको कम्तीमा ७५ प्रतिशत नि:शुल्क छात्रवृत्तिका लागि छुट्टयाउनुपर्ने विधेयकमा व्यवस्था छ ।‘आयोगको परामर्शमा त्यस्तो सिट क्रमश: वृद्धि गर्दै लैजान...
काठमाडौँ, १३ माघ
खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ ।विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त सङ्ख्यामा उत्खनन गर्न अनुमति प्रदान गरेको हो । अनुमति दिएका खानीमध्ये चुनढुङ्गा १४१, स्फटिक ३२, काँच बनाउन प्रयोग हुने ढुङ्गाको धुलो २३, फलाम चार,...
काठमाडौँ, १३ माघ
शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ ।काठमाडौँ महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको आज दोस्रो दिन माधेमाको सम्झना गरेको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विधिको शासनले शहीदको सपना पूरा हुने बताउँदै शहीदको सपना पूरा गर्न समृद्धि र स्वाधिनताका लागि काम हुनु पर्नेमा जोड दिनुभयो ।सभामा महानगरको...
दमौली, १३ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पु¥याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो ।नेता नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै...
हुम्ला, १३ माघ
हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न...
माघ १३, काठमाडौँ
नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ।आइतबार बिहान त्रिचन्द्र कलेज अगाडि र पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघले जनाएको छ।नेविसंघले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको, डाक्टर गोविन्द केसीले राखेका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक...

