काठमाडौं, माघ ११
युएईमा जारी घरेलु टोली संयुक्त अरब इमिरेट्स ९युएई० सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङलाई कायम राखेको छ ।दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३।४ ओभरमा अलआउट हुँदै ११३ रन बनायो।नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन...
काठमाडौँ, ११ माघ
मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो ।उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी...
जुरिच (स्वीट्जरल्याण्ड)
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडाँैमा हुने लगानी सम्मेलनमा सहभागी भई...
११ माघ, काठमाडौं
अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै विवेकशील नेपाली दलका नेताहरुले शुक्रबार सामुहिक गिरफ्तारी दिएका छन् । नयाँ वानेश्वरमा संसद भवन अगाडि प्रदर्शनका क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लिई नेपाल पुलिस क्लबमा लगी राखेको छ ।गिरफ्तारी दिनेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशीबिक्रम कार्की,अजिता राई,डा। दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमीलगायतका १८ जना...
माघ ११, काठमाडौँ
संविधानले आमाको नाममा नागरिकता पाउने सुनिश्चित गरेको छ । तर संवैधानिक व्यवस्था कार्यान्वयनका लागि कानुन बनाउने क्रममा भने विवाद देखिएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा आमाको नाममा नागरिकता दिने विषयलाई लिएर संसदीय समितिले अझै सहमति जुटाउन सकेको छैन ।प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा आमाको नाममा नागरिकता दिने, नागरिकता ऐन संशोधन...
माघ ११, काठमाडौँ —
संघीय संसद् सचिवालयले शुक्रबार प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची बनाएको छ । कार्यसूचीमा यसबाहेक विषय राखिएको छैन ।कांग्रेसको अवरोधपछि सोमबार र मंगलबारको बैठकमा सभामुख कृष्णबहादुर महराले विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउन सकेका थिएनन् । मंगलबार तीनपटक बैठक राखिए पनि कांग्रेसले बेल घेराउ गरेर मन्त्रीलाई रोस्ट्रममा जान नदिएपछि शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित भएको...
काठमाडौँ, ११ माघ
यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा...
माघ ११, पोखरानेपाल र भारतको विद्युतीय माग पूरा गर्नको लागि इनर्जी बैंक निर्माण हुने भएको छ। बुधबार देखि पोखरामा जारी नेपाल र भारतीय ऊर्जा सचिव तथा उपसचिवहरूको बैठकले यसबारे निर्णय गरेको हो। बुधबार सहसचिवहरूको टोलीले गरेको छलफललाई बिहीबार सचिवहरूको छलफलले अनुमोदन गर्दै इनर्जी बैंक खोल्ने सहमति भएको हो।‘नेपाल र भारतको माग र आपूर्तीको प्रकृति हेर्दा इनर्जी बैंकिङमा जानुपर्छ भन्ने...
काठमाडौँ, १० माघ
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेल नेपालले भोलि शुक्रबार खेल्दैछ ।संयुक्त अरब इमिरेट्सको दुबई शहरमा हुने खेलमा नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा युएईसँग जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ । नेपालले एउटै देशसँग एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय सिरिज खेल्न...
काठमाडौँ, १० माघ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभएको छ ।नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले विभिन्न आयोजनमा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग...
