डा. साव, जित्नुभयो विजय जुलुस मनाउनुहोस् ;योगेश भट्टराई

115

माघ ११, काठमाडौंः चिकित्सा शिक्षा विधेयक पारित भएसँगै नेकपाका नेता योगेश भट्टराईले अनसनरत डा। गोविन्द केसीलाई अनसन छोडेर विजय जुलुस मनाउन आग्रह गरेका छन्। ‘डा। साव तपाईँले जित्नुभएको छ, तपाईंको नाममा राजनीति गर्ने काम पनि सकिएको छ,’ भट्टराईले भने, ‘तपाईंले जित्नु भएको छ, विजय जुलुस मनाउनुहोस्, अव कहिल्यै अनशन बस्न पर्दैन।’ भट्टराईले विधेयक पास भएसँगै सबैभन्दा धेरै नेपाली जनतालाई फाइदा भएको बताए। केही व्यापारिलाई फाइदा हुनसक्ने भएपनि विदेशीको हार भएको उनले बताए। साथै उनले नेपाली कांग्रेसका नेताहरुको नामसँग जोडिएका स्वास्थ्य संस्था सरकारले अघि बढाउने घोषणा भइसकेको अवस्थामा कांग्रेसले विरोध गर्नुपर्ने अवस्था नरहेको उनले बताए। साथै उनले आजकै बैठकमै उपप्रधानमन्त्री ईश्वर पोख्रेलले यस बारेमा जानकारी गराउने कार्यक्रम रहेको भएपनि प्रतिपक्षको अवरोधका कारण जानकारी गराउन सम्भव नभएको उनले बताए। आज कांग्रेसले विरोध गरेकै अवस्थामा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएको छ।-थाहाखबर