Saturday, October 17, 2026
Home समाज सल्यानमा बस दुर्घटना हुँदा २९ जना घाइते, दुई जनाको अवस्था गम्भीर

सल्यानमा बस दुर्घटना हुँदा २९ जना घाइते, दुई जनाको अवस्था गम्भीर

79

फागुन २२
सल्यान सल्यानमा बस दुर्घटना हुँदा २९ यात्रु घाइते भएका छन्।काठमाडौंबाट रुकुमतर्फ जाँदै गरेको बा ४ ख ५३६३ नम्बरको बस बुधबार बिहान ९ बजेतिर सल्यानको शारदा नगरपालिका वडा नं. १ चैवाङजिउलामा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाएको छ। उनीहरूलाई सल्यानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङ हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको गरिएको अरु सबैको श्रीनगरका विभिन्न मेडिकलहरूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।