साताको चौथौँ दिन नेप्से ९.१२ अंकले बढ्यो

58

फाल्गुन २२
काठमाडौँ -साताको चौथौँ दिन नेप्से ९ दशमलव १२ अङ्कले बढेर ११११ दशमलव ७६ अङ्कमा बन्द भएको छ । २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल ९एनसीसी० बैंकको १ करोड ४६ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै हाथवे फाइनान्सको सेयरमा ८ दशमलव ३३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर ६ दशमलव ५५ प्रतिशतले घट्न पुग्यो । जीवन बीमा र निर्जीवन बीमा कम्पनीको उपसुचकमा वृद्धि आएको छ ।