नेपाल समाचारपत्र/सुनील महर्जन,
फागुन २३, ललितपुर । तामापित्तल व्यवसाय भने हिजोआज संकटमा पर्दे गएको छ । मल्लकालदेखि निकै फस्टाएको यो व्यवसाय बदलिदो समयसंगै संकटमा पर्दे गएको हो । यस व्यवसायलाई नेवार समुदायका ताम्रकारहरुको पुख्यौली पेशाका रुपमा लिईन्छ । हाल ललितपुरको टंगल क्षेत्रमा यो पेशा व्यवसाय गर्दे आईरहेका ३ सय परिवार रहेका छन् । टंगलसंगै हौगल, इखालुखका केही सिमित ताम्रकारहरुले...
फागुन २३, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’को अवसरमा शुभकामना दिँदै ग्लाल्बो ल्होछारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध कायम गराउने प्रमुख सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ । ग्याल्बो ल्होसारको अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका...
फागुन २३,
पोखरा । चिप्लेढुङ्गामा “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ रु” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर रु” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी...
फागुन २३,
बाजुरा । बाजुरा सदरमुकाम मार्तडी बजारभित्रको हिलाम्य सडकका कारण हिँडडुल गर्न समस्या हुने गरेको छ । निर्माण अवस्थामा रहेको सडकको काम समयमै पूरा नहुँदा हिलो थपिँदै गएको छ । लगातारजसो पानी पर्दा डोजरले निकालेको माटो भिजेर हिलाम्य बनेको हो । हिलाम्य सडकका कारण बजारवासीलाई व्यापार÷व्यवसाय गर्न मात्र असहज बनेको छैन, सर्वसाधारणलाई हिँडडुल गर्नसमेत सास्ती भएको छ ।...
धर्म संस्कृति ः नेपाल हिन्दु परम्परा र संस्कृतिले धनी देश हो। राजधानी काठमाडौँ उपत्यका मात्रै सैयौँ महत्वपूर्ण मन्दिरहरू अवस्थित छन्। साथै विश्व सम्पदा सूचीमा पर्ने ७ वटा धर्मस्थलहरू पनि काठमाडौँमै छन्। उपत्यका बाहिर अन्य जिल्लाहरूमा पनि यस्ता हजारौँ मठ(मन्दिरहरू छन्, जसले नेपालको प्राचीन इतिहास र संस्कृति झल्काउँदछन्। यहाँका हिन्दु मन्दिरको मूख्य विशेषता यसको डिजाइन, आकार अनि निर्माणस्थल हो।सामान्यतया, भगवानबाट...
काठमाडौं । सायद तपाईंले दैनिक यात्रा गर्दा कुनै न कुनै पूल तर्नुहुन्छ होला तर पेटको आन्द्रा बटार्ने र बान्ता नै निकाल्ने खालका पूलको यात्रा सायदै गर्नुपर्ला । यहाँ हामी संसारका यस्तै भयानक पूलबारे जानकारी दिँदै छौं ।रोयल गोर्ज ब्रिज, कोलोराडोयो अमेरिकाको सबैभन्दा अग्लो सस्पेन्सन ब्रिज हो । यो सन् १९२९ मा बनेको थियो । पर्यटकका लागि अहिले पनि यो...
नयाँ नेपाल न्युज
फागुन २२, काठमाडौ । देशमा राजनीतिक मुद्धालाई स्थापित गर्न धेरै पटक हतियार युद्ध भए । युद्धले राणा, पञ्चायत र बहुदल गयो भन्ने धेरैलाई लाग्न सक्छ । तर युद्ध मात्र राजनीतिक मुद्धा स्थापित गर्ने माध्यम भने होइन् । युद्ध जब शान्तिमा आएर टुंगिन्छ तब देशले नयाँ राजनीतिक व्यवस्था पाएको इतिहास नेपालमा मात्र होइन विश्वमा नै यो अभ्यास...
फागुन २२,
नेपालगन्ज -अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मंगलबार अबेर साँझ बाँकेका तीनवटा सरकारी कार्यालयमा छापा मारेर घुस सहित दुईजना कर्मचारीलाई नियन्त्रण लिएर अनुसंधान अघि बढाएको जनाएको छ । अख्तियार नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले बिशेष सुराकीका आधारमा गएको टोलीले नेपालगन्ज भन्सार कार्यालयका नायव सुब्बा लक्ष्मण चन्दका साथबाट ५२ हजार नगद र आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय,...
फागुन २२
काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा हुने लगानी सम्मेलन र भ्रमण वर्ष २०२० लाई सफल पार्न अमेरिकाको सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गर्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, “नेपालमा लगानीमैत्री वातावरण बनेको छ । राजनीतिक स्थायित्वसँगै कानून...
फागुन २२
काठमाडौँ -ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ । यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उहाँका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो ।ताप्लेजुङको अस्थाई प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा...




