Home Blog Page 162
भक्तपुर । भक्तपुर स्कुटर एक आपसमा ठोकीदाँ एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तिनधारेमा सुवर्णेश्वरबाट गुण्डु तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०२२ प. १७४८ नं. को स्कुटी र बिपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२-०१७ प. ५०१२ नं. को स्कुटी एक आपसमा ठक्कर खाएका थिए ।दुर्घटना हुदाँ बाग्मती प्रदेश ०२-०२२...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आज कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम विश्लेषण अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।हाल मौसमको अवस्थाः...
काठमाडौं । आज मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्। मंगलग्रहलाई समस्या निर्मानायकको रुपमा लिने भएकाले मंगलग्रहको खराब...
काभ्रे । पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जीरो किलो दोलालघाट खण्ड अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलोमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सडकमाथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको हो । मंगलबार बिहानदेखि मेसिनले पहिरो पन्छाउन थालिएको छ । तर, सडक खुलाउन करिब २ घण्टा लाग्ने...
काठमाडौं । नेपाल प्रहरीको प्रहरी परिसर काठमाडौँ आफ्नै कार्यालयमा सरेको छ । आइतबारबाट काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको हो ।यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले...
काठमाडौँ । भारतको पूर्वोत्तर राज्य मेघालयस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । शनिबार मारिएका चारै जना नेपाली भएको बताइए पनि आइतबार साँझसम्म एकजना मात्रै नेपाली रहेको खुलेको हो । मेघालयको जयन्तिया हिल्सस्थित उम्प्लेङ गाउँमा हत्या गरिएकामध्ये एक भारतीयको पनि परिचय खुलेको छ । बाँकी दुई जनाको सनाखत हुन नसकेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।...
गृहमन्त्री लामिछाने र सीआईबी प्रमुख ज्ञवालीको मिलेमतोमा पूर्वउपराष्ट्रपतिका छोराहरू जितेन्द्र र दीपेश तथा सल्लाहकार गुरुङ, राजस्व विभागका तत्कालीन महानिर्देशक अधिकारीलाई सोधपुछसमेत नगरी उन्मुक्ति, पक्राउ परेका पूर्वसभामुख महरा पनि लामिछानेको ‘करुणा’ मा जोगिए आजको कान्तिपुर दैनिक अगाडी लेख्छःकाठमाडौँ । सुन तस्करीको जाँचबुझ गर्न गठन भएको बहुचर्चित र बहुप्रतीक्षित आयोगको प्रतिवेदन सरकारले लुकाएको छ । पूर्वन्यायाधीशको नेतृत्वमा गठित आयोगले...
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । असार २५ गते मंगलबार दिउँसो १ बजे बैठक बस्नेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ । नयाँ सरकारबारेमा समेत केही निर्णय हुने एमालेका नेताहरुको भनाई रहेको छ ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो रहेको छ । मौसम विश्लेषण: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ ।हाल मौसमको अवस्था सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र सुदूरपश्चिम...
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि...