भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा तैनाथ एक सुरक्षा कर्मी मृत भेटिएका छन् ।सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु घर भई सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक, काठमाण्डौ दरबन्दी भएका उमेश थापा मृत भेटिएका हुन् ।४२ वर्षका उनी हाल ओलीको निजी निवास बालकोटमा सुरक्षा प्रमुखको रुपमा खटिएका थिए ।आफ्नै घरमा शुक्रबार बेलुका खाना...
भक्तपुर। भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
स्वास्थ्य शिविरमा २२५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार आस्था महिला विद्यालय, नागरिक सामुदायिक अस्पताल, लायन्स क्लब अफ भक्तपुर नागरिक र लायन्स क्लब अफ भक्तपुर निलकण्ठेश्वरको आयोजनामा भएको उक्त शिविरबाट ३८ जना लाभान्वित भएका विद्यालयकी प्रधानाध्यापक बिना देउजाले जानकारी दिइन् ।शिविरमा पाठेघरको मुखको...
काठमाडौं । गएरातीदेखि देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले नदि ततिय क्षेत्र आसपास बस्नेलाई सचेत रहन आग्रह गरेको छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनका साथै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा...
काठमाडौं । हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ । हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता...
हेमराज ढकाल
काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना वि.स २०७६ सालमा सम्पन्न भएको थियो । त्यसयता नेपालमा पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । भारतको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना हो । यसको कूल ३३ किलोमिटर भारत र ३६ दशमलव २ किलोमिटर नेपाली भूमिमा पर्छ । पाइपलाइनको क्षमता वार्षिक करिब २५ लाख किलोलिटर रहेको छ...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रको नमूना नगर बनाउने बताए । शुक्रबार रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने “हाम्रो दुई बर्षे कार्यकालमा पहिलो वर्ष नीति, नियम बनाउन लागेको र त्यही नीति, नियमको आधारमा अहिले नगरवासी लाभान्वित भइरहेका छन् ।नगर प्रमख श्रेष्ठले नगरको शिक्षा क्षेत्रको...
काठमाडौं । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । यही उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।
यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट यसपालि पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिनु नहुने बताएका छन् । यसअघिको सरकारमा पार्टीले ९ जना मन्त्री पठाए पनि दलित, थारू, मधेसीलाई स्थान नदिएकोले यसपटक समावेश गरिनुपर्ने उनले बताए ।उनले पार्टीभित्र भाग पुर्याउने नाममा पटक-पटक मन्त्री बनेकाहरूलाई यसपटक अवसर दिन नहुने बताए। ‘समावेशीसँगै परिणाम दिन सक्नेलाई मन्त्री बनाउनुपर्छ,’ उनले भने, ‘पटक-पटक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब सदनमा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। संसदको चौंथो ठूलो दलको सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा नजाने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। एमाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएका समर्थन फिर्ता लिई एमाले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा कांग्रेससँग मिलेर सरकार बनाउने तर्फ अगाडि...
काठमाडौं । प्रधानमन्त्री पुष्यकमल दाहाल 'प्रचण्ड'ले पदबाट राजीनामा नदिए संविधान अनुसार नै नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढ्ने संकेत देखिएको छ । त्यो प्रक्रिया पुरा हुन कम्तीमा ३० दिन लाग्ने देखिन्छ । प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र कुनै बरदानबाट सत्ता पूनः जोगाउन सक्ने मनस्थिती बनाएको हुन सक्छ । तर, त्यो सधै लागू नहुने कांग्रेस र एमालेका नेताहरुको भनाई रहेको छ...









