भक्तपुरमा दुई स्कुटरबीच ठक्कर, कटुन्जेका युवकको मृत्यु

226
photo by: GOOGle

भक्तपुर । भक्तपुर स्कुटर एक आपसमा ठोकीदाँ एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तिनधारेमा सुवर्णेश्वरबाट गुण्डु तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०२२ प. १७४८ नं. को स्कुटी र बिपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२-०१७ प. ५०१२ नं. को स्कुटी एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटना हुदाँ बाग्मती प्रदेश ०२-०२२ प. १७४८ नं. को स्कुटी चालक सूर्यविनायक नगरपालिका वडा नं ५ कटुन्जे बस्ने वर्ष २२ को राजाराम थापा मगर गम्भिर घाईते भए । घाइते थापा मगरको तत्कालै उपचारको लागि भक्तपुर अस्तपाल लगिएकोमा उपचारकै चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजन कार्कीले बताए ।

अर्को स्कुटी चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ५ गुण्डु मगर गाँउ बस्ने वर्ष ४९ की पार्वती नगरकोटी घाईते भएकी छिन् । नगरकोटीको मध्यपुर अस्पताल उपचार भइरेको छ । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरेको छ । दुबै स्कुटी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी कार्की जानकारी दिए ।