अरनिको राजमार्ग अवरुद्ध, खुल्न २ घण्टा लाग्ने

81
तस्विरः देवराज केसी

काभ्रे । पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जीरो किलो दोलालघाट खण्ड अन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलोमा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सडकमाथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको हो । मंगलबार बिहानदेखि मेसिनले पहिरो पन्छाउन थालिएको छ । तर, सडक खुलाउन करिब २ घण्टा लाग्ने प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।