Thursday, July 16, 2026
Home Blog Page 1561
जेठ १३, काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी आलोचना खेपिरहेको मिडिया काउन्सिल विधेयकको समर्थनमा उभिएका छन् । प्रत्यक्ष समर्थन नगरे पनि अराजकता र प्रेस स्वतन्त्रता फरक फरक कुरा भएको भन्दै उनले सरकारले ल्याएको विधेयकको बचाउ गरेका छन् । १७ औँ कृष्ण सेन स्मृति दिवस समारोहमा प्रचण्डले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न...
एजेन्सी, जेठ १३, काठमाडौँ । भारतमा दाइजो ठूलै सामाजिक समस्याका रुपमा रहेको छ । मागे जति दाइजो नपाए श्रीमान वा श्रीमानको परिवारले श्रीमतीको हत्या गरेको समाचार आइरहन्छ । तर, पश्चिम बंगालका एक जोडीले भने समाजलाई नयाँ पाठ पढाएका छन् ।३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्न साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि...
जेठ १३ पोखरा । पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ। सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन्। ‘अलि शक्तिशाली बम रहेछ, डिस्पोज गर्दा एनसेल कार्यालयमा सामान्य क्षति भएको छ,’ कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले भने।उनका अनुसार न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा...
जेठ १३, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका अधिकांश प्राध्यापक, उपप्रध्यापक, सहप्रध्यापक र शिक्षण सहायकले स्वीकृति नै नलिई विभिन्न निजी शिक्षण संस्थामा अध्यापन गराउँदै आएको पाइएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने सबैभन्दा पुरानो प्राज्ञिक थलो त्रिविमा यस्तो चरम बेथिति देखिएको हो । त्रिविका अनुसार पछिल्लो दुई वर्षको अवधिमा २५ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ । ९० दिनभन्दा बढी समय अनुपस्थित भएको...
जेठ १३, काठमाडौँ । बुद्धिबंगारा सबैभन्दा ढिलो आउने दाँत हो । सामान्यतया यो दाँत १८ वर्षदेखि  २५ वर्षसम्ममा आउने गर्दछ । कतिपयमा भने ४० वर्ष सम्ममा पनि आउने हुन्छ । बुद्धिबंगारा आउने समयलाई वयस्क उमेरको पहिलो खुड्किलो मानिन्छ ।  यो उमेरमा परिपक्वता आउने वा बु्द्धि बढ्दै जाने भएकाले दाँतलाई बु्द्धिबंगारा भनिएको मानिन्छ ।बुद्धिबंगारा ढिलो आउने भएकाले कतिपयमा दाँत आउने ठाउँ एकदमै थारै हुन्छ । यदि दाँतको...
एजेन्सी, जेठ १३, काठमाडौँ । भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले आफ्नो सहयोगीको पार्थिव शरीर काँधमा बोकेर घाट पुगेकी छन् । अमेठी निर्वाचन क्षेत्रका सहयोगी सुरेन्द्र सिंहको पार्थिव शरीर बोकेर अन्त्येष्टिका लागि घाटसम्म पुगेकी हुन् । सुरेन्द्र सिंहको गत शनिबार चार जना हतियारधारीले गोली हानेर हत्या गरेका थिए । सुरेन्द्रको पार्थिव शरीर बोकेर भारतको केन्द्रीय मन्त्री स्मृति इरानी एक किलोमिटर...
जेठ १३, कान्तिपुर दैनिक ।पोखरा — घटना १– शरणार्थी बताउँदै वर्षौंदेखि लेकसाइडमा बस्दै आएका जर्मन नागरिक लुजिफर प्लेज पक्राउ परे । भिसालगायत ट्राभल्स कागजात नभएका उनले सर्वसाधारणलाई धम्क्याउने, गालीगलौज गर्ने र मागेर गुजारा चलाउँदै आएका थिए ।घटना २– फेवातालपारिको अनदुगाउँमा होटल चलाउँदै आएका जर्मनीका म्यानफ्रेड अगस्ट न्युमानलाई प्रहरीले पक्राउ गरेपछि उनी सन् २०१२ अगस्ट १५ देखि बिनाभिसा बस्दै आएको खुल्यो । न...
काठमाडौं । महान् दार्शनिक सुकरातको अनुहार कुरूप थियो । एक दिन उनी कोठामा बसेर एउटा गहिरो भाँडामा राखेको पानीमा आफ्नो अनुहार हेरिरहेका थिए । एक शिष्य उनको कोठामा प्रवेश गरे । सुकरातले पानीमा अनुहार हेरिरहेको देख्दा उनलाई हाँसो उठ्यो । उनी मन्द मुस्कुराए । यो देख्दा सुकरातले उनको हाँसोको कारण बुझे । उनले शिष्यलाई भने– तिमी किन मुस्कुराइरहेका छौ,...
जेठ १३,काठमाडौं : भोजपुरमा प्रहरीको गोलीबाट कार्यकर्ता तीर्थराज घिमिरे मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका क्रममा सवारीसाधनमा आगजनी भएको छ। बन्दको प्रभाव उपत्यका र देशका विभिन्न जिल्लामा पनि परेको छ । विप्लवले बन्द घोषणा गरेपछि राजधानी उपत्यकाका शैक्षिक संस्थाले पठन पाठन नहुने सूचना पठाएका छन्। बन्दले गर्दा देशका विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन...
मुना कुँवर ( नयाँ पत्रिका दैनिक) जेठ १३, काठमाडौं । आगामी तीन वर्षभित्र संघीय संसद्को आफ्नै भवन निर्माण हुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा सात अर्ब रुपैयाँ लगानीमा भवन बनाउन लागिएको हो । चालू आर्थिक वर्षदेखि नै निर्माण सुरु गरी आर्थिक वर्ष ०७८र७९ मा सम्पन्न गरिने भवन निर्माण विकास तथा भवन निर्माण विभागको योजना...