जेठ १३
काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८...
नरजन तामाङ ( नयाँ पत्रिका दैनिक)
जेठ १३, हुुम्ला । देशका ७६ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेका छन् । तर, कर्णाली प्रदेशको हुम्ला भने अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन सकेको छैन । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न नेपाली सेना यतिवेला रातदिन नभनी सडक निर्माणमा सक्रिय छ । लिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म एक सय ४५ किलोमिटरमध्ये एक सय किमि सडकको ट्र्याक...
नवराज मैनाली टेकराज थामी ( नयाँ पत्रिका)
जेठ १३, काठमाडौं ।घट्टेकुलो४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल ९विशाल० शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम रुकुमको सानीभेरीका रविन केसी घाइते भएका छन् । उनी सो संगठनको त्रिचन्द्र क्याम्पसका इकाइ अध्यक्ष हुन् । आइतबार साँझ गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सुरक्षा बैठक...
जेठ १२,
काठमाडौँ । राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो सुधेधाराको एक शैलुनको किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो। अन्य पाँचजना घाइते भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए।प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। मृतकको सनाखत हुन सकेको छैन। प्रसाईंका अनुसार अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ।...
जेठ १२,
काठमाडौँ । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ । नेप्से ११.९३ अंकले घटेर १,३०२.६१ अंकमा कायम भएको छ । सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ३८ अंकले घटेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ८२ अंकले घटेर २ सय ७७ दशलमव ५६ अंकको बिन्दुमा पुगेर बन्द भएको...
जेठ १२,
काठमाडौँ । फिल्म ‘न यता न उता’ आगामी साउन १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रर्दशन मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता’ बोलको शिर्ष गीत पनि गरेको छ ।गीतको भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=1&v=0BEpc8K-T10सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । फिल्मको सार्वजनिक गीतमा...
जेठ १२,
काठमाडौँ । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ। भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ। नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन्। गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल...
जेठ १२,
काठमाडौँ । बिहीबारदेखि न्यूरोडमा स्मार्ट पार्किङ सञ्चालनमा आउन लागेको छ। काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउन लागेको हो। रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्सअगाडिको गरी पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागिएको महानगरपालिकाले जनाएको छ।कर्मचारी प्रशिक्षणलगायतका काम सकिसकेकोले यही बिहीबारदेखि स्मार्ट...
जेठ १२,
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना’ विषयक अन्तरक्रियामा उहाँले राष्ट्रको साझा पीडा भएको हुँदा सबै मिलेर समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...
जेठ १२,
काठमाडौँ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिनुभयो । “काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभिन्न राजनीतिक घटनाक्रमलगायत विसं २००७...




