Friday, October 16, 2026
Home समाचार बम डिस्पोज गर्दा एनसेल कार्यालयमा क्षति

बम डिस्पोज गर्दा एनसेल कार्यालयमा क्षति

98

जेठ १३
पोखरा । पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ। सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन्। ‘अलि शक्तिशाली बम रहेछ, डिस्पोज गर्दा एनसेल कार्यालयमा सामान्य क्षति भएको छ,’ कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरूङले भने।

उनका अनुसार न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा रहेको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ। अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको गुरूङले बताए। ‘स्थानीयले शंकास्पद वस्तु भेटिएको खबर गरेका छन्, सेनाको टोली जाँदैछ,’ डिएसपी गुरूङले भने।