जेठ १३,
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अब आउने बजेटमा सांसदहरुलाई दश करोड रकम छुट्याउनुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले बजेटको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नै सांसदहरुलाई दश करोड बजेट दिनुपर्ने माग गरेका...
जेठ १३,
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको हो ।आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गर्नुभयो । उहाँले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका...
जेठ १३,
काठमाडौँ । राज्यको दृष्टिकोण बाट पछी परेको क्षेत्र कर्णाली प्रदेश,छायाँनाथ रारा नगरपालिका वार्ड नं.१२ का गोर बहादुर बुढा र बालिकन्या बुढाको कोखबाट २०३५ साल मंसिर१० गते जँन्मएका चन्द्र बहादुर बुढा जन्मेको ३ बर्षमै आमा गुमाए । उनि बुबाको माया ममता बाट हुर्केका एक मात्र सन्तान हुन् । जो आफ्नो चेतनास्तर बढाउदै राजनीतिमा सक्रिय रुपमा बिद्यार्थी काल देखि नै...
जेठ १३,
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटनमा परि सर्वसाधरणले ज्यान गुमाइरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाए ।सांसदहरुले सरकारलाई दुई तिहाइको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन आग्रह गरे...
जेठ १३,
नाम्चे (सोलुखुम्बु) । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गर्नुभएको छ ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “ वातावरण र हिमाल संरक्षणमा रुचि राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ ।”नेपालका गौरवपूर्ण इतिहास बोकेका...
जेठ १३
साओ पाउलो। ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो ।
कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण...
एजेन्सी, जेठ १३,
काठमाडौँ । धेरैले १२ अंकलाई अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा ।...
जेठ १३,
काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।त्यसका लागि प्रतिनिधिसभाका सांसदलाई अपरान्ह ३ः४५ बजेभित्र...
जेठ १३,
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको खुलेको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा विप्लवले जनसेनाको चार कम्पनी बनाएको जानकारी दिएका हुन्। प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बादलले केही समययता नेकपा विप्लव समूहले संविधानको विरूद्ध, राज्य व्यवस्थाको विरूद्ध, गैरकानुनी, संविधान विरोधी, शान्ति विरोधी गतिविधि गर्दैं आएको बताए।उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था गठन...
जेठ १३,
काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएको सूचना प्राप्त भएपछि प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजो साँझ नै राखिएको देखिएको छ । बम डिस्पोज गर्नका...




