ईद–उल–फितरमा एनआईसी एशिया बैंककोे नयाँ योजना

91

जेठ २२,
काठमाडौं । ईद–उल–फितरको अवसरमा एन आई सी एशिया बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।